देब पचभैया
पाल्पा, जेठ २२ गृहकार्य नगरेको भन्दै शिक्षकले अस्पताल भर्ना हुने गरी विधार्थी लाई कुटेका छन । खानीगाउँ गाविसको खानीगाउँ मावि बगैचामा कक्षा ५ मा अध्यनरत दिलिप विकलाई गणित पढाउने शिक्षक राम प्रसाद गैरेले निर्घात रुपमा कुटेका हुन । विधार्थी विकको जिल्ला अस्पतालमा उपचारको लागी भर्ना गरेपनि निजको जिल्ला अस्पतालमा उपचार हुन नसकि लुम्विनी मेडिकल कलेजमा रिफर गरिएको छ । टाउको र अनुहार सुन्निएकोले सिटि स्कान गरी थप उपचारको लागी भर्ना गरिएको मेडिकल कलेजले जनाएको छ ।
विधार्थी विकको अनुहार र टाउको बेर्सरी सुन्निएर आखाँले हेर्न मिल्ने अवस्था छैनन । शिक्षक गैरेले गृहकायै नगरेको भन्दै कक्षा ५ का अन्य १२ जना विधार्थी लाई पनि लाईन लगाएर कुटेका थिए । शिक्षक गैरे कन्चटमा मुर्का प्रहार गरेपछि विधार्थी विक बेहोस भई लडेका थिए । शिक्षकले विधार्थी लाई अत्याधिक कुटेपछि, अन्य विषयगत शिक्षक पढाउन जादा समेत बालालिका रोईरहेपछि विधालयमा हल्ला खल्ला मच्चिएको थियो । बिद्यालयका प्रधानाध्यापक रेश्मीराज गैरेले भन्नुभयो “सरले पिट्नुभयो भन्ने थाहा पाएपछि मैले सरलाई सम्झाएको हुँ, सरले मलाई पनि खासै टेर्नुभएन ।” सरले पिटेपछि कक्षा ५ का १२ जना बिद्यार्थीहरु रोईरहेको र आफूले कक्षाकोठामा गएर सम्झाई बुझाई गरेको प्रअ गैरेले बताए ।
कुटाई खाएका विधार्थी अर्को दिन विधालय जान नमानेपछि मात्र अबिभावकहरुले घटनाको जानकारी पाएका थिए । आमा पार्वती विकले विहिवार जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालयमा शिक्षक गैरे लाई कारवाहीको माग गर्दै उजुरी हालेकी छन ।
प्राचार्यले नै कुटे विधार्थी लाई
सर्टको टाक नलगाएको भन्दै तानसेन नगरपालिकाको सरस्वती माबि सुन्दरगाउँ तानसेनका प्रध्यानाध्यापक शंकर पौडेलले कक्षा १० का प्रकास सुनारलाई कुटपिट गरेका छन् ।
लाईनमा हुदा हेड सर आएर छाती र घाटी निरको टाक लगाउन भनेको र पछि कक्षा कोठामा आएर कुटेको र साथीहरुले नकुट्न भनेपछी हेड सरले कार्यालयमा लगेर कुटेको घाईते विधार्थी प्रकाश सुनारले बताए । सरले कपालमा समातेर लात्तै, लात्तले पिठ्यु र ढाडमा पिट्नु भयो अव तलाई माछु भनेपछी आफु भागेको घाईते सुनारले बताए । छोरा बिधालय जान नसक्ने भएपछि आमा लक्ष्मी सुनारले प्राचार्य शंकर पौडेलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय र शिक्षा कार्यालयमा उजुरी हालेकी छन । घटनाको विरोध गर्दै पाल्पाका सम्पुर्ण विधार्थी संघ संघठनहरुले विज्ञप्ती निकाली विरोध गरेका छन ।
पाल्पाका प्रहरी नायव उपरिक्षक शिव कुमार श्रेष्ठले घटनाको अनुसन्धान गरिरहेको बताए ।
