अबैध सुन सहित पाल्पामा दुई युवा पक्राउ

Read Time:2 Minute, 10 Second

देब पचभैया

पाल्पा, जेठ २१ – अबैध सुन सहित पाल्पामा दुई युवा पक्राउ परेका छन् । मंगलबार साँझ लु १५ प १८२८ नम्बरको मोटरसाइकलमा बुटवलबाट स्याङ्जाको गल्याङ तर्फ २१ तोला ९८ लाल अबैध सुन लैजाने क्रममा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

 पक्राउ पर्नेहरुमा हुँगी ९ पाल्पाका ३० वर्षीय कुल बहादुर बिश्वकर्मा र रिङनेरह ७ पाल्पाकै ३१ बर्षीय ज्ञान बहादुर बिश्वकर्मा रहेका छन् । मोटरसाइकलमा सुन लिएर आउँदै गर्दा गस्तीमा रहेको प्रहरीको सडक सुरक्षा तथा जाच टोलीले उनीहरुलाई पक्राउ गरेको पाल्पाका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । प्रनाउ श्रेष्ठले उनीहरुले ल्याएको सुनको कुनै बिल नरहेको र अबैध रहेका पाइएको थप अनुसन्धानका लागि राजश्व अनुसन्धान इकाई बुटवलमा पठाइने बताए ।

पक्राउ परेका युवाहरुले गल्याङमा आफ्ना आफन्तको सुनको पसल रहेको र उनले नै उक्त सुन ल्याइदिन भनेपछि लैजान लागेको बताएका छन् । यसैबीच पाल्पा प्रहरीले ९ जनाको बिशेष टोली बनाएर राजमार्ग र आसपासको सडकको सुरक्षाका लागि खटाएको छ । टोलीमा आबश्यक उपकरण सहित सम्वन्धित बिषयमा तालिम प्राप्त प्रहरी रहने प्रहरीले जानकारी दिएको छ । यो अभियान सुरु गरिएको १ महिनामा राम्रो प्रतिक्रिया आएको र सडक सुरक्षामा राम्रो प्रभाव देखिएको प्रहरी प्रमुख श्रेष्ठले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %