दिल थापा
बुटवल नगरपालिका मा संचालित सुशासन परियोजना अन्तर्गत लुमन्ती को सहयोगमा बन्न लागेको ओभरहेड पानी ट्याङकी को शिलन्यास कार्यक्रम सोमवार बुटवल ४ श्रीराम नगर टोलको मैनाबगर प्राथमिक विद्यालय को परिसरमा सम्मन्न भएको छ ।
श्रीराम नगर टोल विकास खानेपानी उपभोक्ता समितीका अध्यक्षको मिन बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बुटवल नगर पालिका का कार्यकारी अधिकृत बाबुराम गौतमद्धारा ट्याङकीको सिलन्यास गरिएको थियो ।विशिष्ठ अतिथी बुटवल नगर पालिका का वरिष्ठ अधिकृत भुवा प्रसाद लुइटेल , अतिथीहरु सुशासन परियोजनाका बुटवल नगर पालिका संयोजक मोहन सिंह थापा , इन्जिनियर नेत्र नारायण चौधरी , सुशासन परियोजनाका बुटवल नगरका परिचालिका योशोधा थापा, श्रीराम नगर टोलका मुल तयारी समितीका अध्यक्ष देबु थापा, श्रीराम टोल विकासमा अध्यक्ष शालिकग्राम ज्ञवाली, शुभ विहानी क्लबका अध्यक्ष विश्नु जिसी , मैनाबगर प्राथमिक बिद्यालय व्यस्थापन समितीका अध्यक्ष प्रदिप प्रधान , दलित संघका अध्यक्ष कुमार पहाडी लगायत अन्य अतिथीहरुको उपस्थिती रहेको थियो ।
सो क्षेत्रका जनताहरुको प्रमुख समस्या भनेको खानेपानी रहेको थियो भन्दै आउने दिनका खानेपानी समस्या हट्ने भएकोले खुसी देखिएका थिए , मुल तयारी समितीका अध्यक्ष देवु थापाका अनुसार पहिला यहाका जनताहरु खानेपानी लिनको लागि दुई किलो मिटर टाडा सम्म जानु पर्ने वाध्यता रहेको वताए । सुशासन परियोजनाले त्यस क्षेत्रमा पानी ट्याङकी निमार्ण सहयोग गरेकोमा त्यस क्षेत्रका जनतालाइ ठुलो सहयोग पुगेको बताए ।
सुशासन परियोजनाको ७५ प्रतिशत र स्थानिय जनताको २५ प्रतिशत लगानीमा बन्न लागेको ओभरहेट पानी ट्याङकीको लागत कुल ३३ लाख ४० हजार रुपैया रहेको छ । सो ओभरहेड ट्याङकी ८.२ रेक्टर स्केल सम्मको भुकम्प थाम्न सक्ने भुकम्प रहित ट्याङकी निर्माण गर्न लागिएको इन्जिनियर नेत्र नारायण चौधरीले जानकारी दिएका थिए । सुशासन परियोजनाले, बुटवल नगर पालिकामा रहेको लक्षित वर्गमा पर्ने टोलहरुमा खानेपानी ढल निर्माण ,सडक तथा बाटो मर्मत, फोहर तथा मैला ब्यस्थापन , सामाजिक संस्था भवन निर्माण एवम मर्मत तथा क्षमता अधिवृद्धी कार्यक्रम गर्दै आएको सुशासन परियोजनाका बुटवन नगर संयोजक मोहन सिंह थापाले बताए । उनका अनुसार बुटवल नगरमा पर्ने यस्ता आयोजना २१ टोलमा गरिदै आएकोमा भविष्यमा थप
१७ टोल गरि ३८ टोलमा यस्ता परियोजना तथा आयोजना विस्तार गरिने योजना रहेको बताए । कार्यक्रमा स्वागत मन्तव्य श्रीराम नगर ट्याङकी निमार्ण समितीका सचिव यमलाल घिमिरेको स्वागत मनतव्य रहेको थियो भने कार्यक्रम संचालन श्रीराम टोल विकास समितीका सचिव सावित्रा पन्थी ले गरेका थिए ।
