गोविन्द घर्ती मगर
देवदह जेठ १७ । पहिचान सहीतको संघीयता मुद्दालाई राजनैतिक दलहरुले ओझेलमा पार्ने षडयन्त्र गरेको राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य दलबहादुर विरकट्टाको भनाइ थियो । विरकट्टाले काग्रेस एमाले सरकारले विवादीत व्यक्तिलाई न्याधिश नियुक्ती गरेर न्यायीक क्षेत्रमा हुने भ्रष्टचारलाई संरक्षण गर्न खोजिएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टी देवदह नगरसमितिको प्रथम भेलालाई सम्वोधन गर्ने क्रममा उक्त कुरा बताएका हुन् ।
पार्टीका क्षेत्रीय अध्यक्ष धन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघीय परिषद सदस्य होमाया गुरुङ्ग, राष्ट्रिय महिला मोर्चा रुपन्देहीका अध्यक्ष धनी आले, होम बहादुर डिसुवा लगायतले आ–आफना भनाई राखेका थिए । भेलाले डम्वर बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय देवदह नगरसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा नर्मिला भर, सचिवमा मन बहादुर राना, कोषाध्यक्षमा धनु राना र सहसचिवमा ज्ञानसरी राना रहेका छन् । त्यसैगरी सदस्यहरुमा हरीप्रसाद सारु, गम बहादुर पुन, जसुमाया थापा, जीत बहादुर गुरुङ्ग, चोपबहादुर विक, कमला थारु रहेका छन् । त्यसैगरी सोही भेलाले ज्ञानसरी रानाको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय महिला मोर्चा देवदह नगरसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा रुविना गाहा, सचिवमा धनु राना, सहसचिवमा जसुमाया थापा र कोषाध्यक्षमा दानमाया राना रहेका छन् ।
अन्य सदस्यहरुमा सूर्यकुमारी पुन, सुनकेशरी थारु, निर्मला भर, दिलमाया सिंजाली, कमला थारु, सुकमाया रसाईली चयन भएका छन् । कमान सिं सारुको स्वागत र सुवास गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संघीयता मुद्दालाई राजनैतिक दलहरुले ओझेलमा पार्ने षडयन्त्र
Read Time:2 Minute, 29 Second
