विनोद रखाली मगर
जेष्ट १६ , गल्याङ् – नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल स्याङ्जाको २७ औं गोष्टि खड्ककाली मा.वि. मल्याङ्कोटमा ७ वुँदे घोषणापत्र जारी गर्दै शुक्रवार सकिएको छ । जिल्लाका ४७ विद्यालयको जुनियर रेडक्रस सर्कल र एक युवा रेडक्रस सर्कलको सहभागिता रहेको उक्त गोष्टिमा वोल्दै नेपाल रेडक्रस सोसाइटी स्याङ्जा जिल्ला सभापति चन्द्रमणि पौडेलले रेडक्रसको सिद्धान्तमा आवद्ध भै सेवाको भावनाको विकाश गर्न सवैमा आग्रह गरे । सामाजिक क्षेत्रमा रेडक्रसको अमुल्य भुमिका रहेको स्मरण गराउदै आगामि दिनमा रेडक्रसलाई ग्रामिणमुखि तथा समाजमुखि वनाउन विभिन्न कार्यक्रमहरु सुधारउन्मुृख रुपमा अगाडि वढ्ने उद्धघोष गरे । कार्यक्रमको अवशरमा नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका मन्त्री विष्णु काफ्ले, जुनियर तथा युवा सर्कलका सयोंजक दिर्घनारायण पौडेल, खड्ककाली मा.वि. का प्रधानाध्यापक जगन्नाथ अर्याल, राम मन्दिर उमाविका प्रार्चाय अर्जुन खाँड, नेपाली काङ्ग्रेस मल्याङ्कोटका सभापति वोम वहादुरर हमाल, नेकपा एमाले मल्याङ्कोटका अध्यक्ष ठग प्रसाद रेग्मी, एमाओवादिका प्रतिनिधि हुम वहादुर वि.क. लगाएतले वोलेका थिए ।
२७ औं गोष्टिले विभिन्न आगामि कार्यक्रमहरु सर्वसम्मतले पारीत गरेको छ । चिराग उमावि गल्याङ्, पन्चकन्या मा.वि. अर्जुनचौपारी, मातृभुमि मा.वि. सतौंमा क्षेत्रिय हाजिरीजवाफ कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यस्तै भाद्र २९ गते भित्र जिल्ला स्तरीय निवन्ध प्रतियोगिता, फागुन २२ गते भित्र कविता प्रतियोगिता, माघ १५ गते भित्र चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । यसैविच गोष्टिले शिक्षक नायक तर्फ क्षेत्र न. १ मा शितला उमावि पौवेगौडेका कृष्ण लामिछाने, क्षेत्र न. २ मा दहथुम उमाविका शोभाकान्त पौडेल, क्षेत्र न. ३ मा खड्ककाली मा.वि.का पशुपति पौडेल लाई क्षेत्रिय शिक्षक सयोंजकमा निर्वाचित गरेको छ । विद्यार्थी तर्फ क्षेत्र न. १ मा निश्चल खड्का, पुजा पौडेल, क्षेत्र न. २ मा लक्ष्मण भट्राई, सविना काफ्ले, क्षेत्र न. ३ मा सुरेन्द्र पौडेल, अस्मिता पौडेललाई क्षेत्रिय सयोंजक तथा जिल्ला सदस्यमा निर्वाचित गरेको छ ।
जेष्ठ १५ देखि १६ गते सम्म दुई दिन सम्म सन्चालन गरीएको उक्त गोष्टिमा ४७ विद्यालयका जुरेस र एक युवा सर्कलका गरी झण्डै १५० प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रेडक्रसका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता र सहयोग गर्ने विभिन्न विद्यालय, शिक्षक नायक तथा कार्यक्रमका पुरस्कृत विद्यार्थीहरुलाई सम्मान समेत गरीएको थियो ।
आगामी २८ औं गोष्टि दहथुम उच्च मा. वि. दहथुममा आयोजना गर्ने गरी २७ औं गोष्टि जुनियर रेडक्रस सर्कल खड्ककाली मा.वि.का अध्यक्ष सरगम खाँडको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन शिक्षक नायक पशुपति पौडेलले गरेका थिए ।
