गल्याङ् भू.पू. सैनिकमा वाल क्लव तथा जुरेश पुर्नगठन

Read Time:2 Minute, 16 Second

  बिनोद रखाली मगर

जेष्ठ १६, गल्याङ् भू.पू. सैनिक माध्यामिक विद्यालय जगत्रदेवि ८ गल्याङ्मा नेपाल जुनियर रेडक्रस सर्कल तथा वाल क्लवको पुर्नगठन गरीएको छ । नव गठित नेपाल जुनियर रेडक्रस सर्कलको अध्यक्षमा कविता सारु मगर । उपाध्यक्षमा सिमरन थापा मगर, सचिवमा प्रविन अधिकारी, सह सचिवमा सुजन रोका, कोषाध्यक्षमा राधा भट्टराई रहेका छन् । सदस्यहरुमा केशव सोमै मगर, शुशिल थापा मगर, आकृति गुरुङ्, दिना थापा मगर, विष्णु काफ्ले, रानी सिङ्जाली मगर लगाएत रहेका छन् । सर्कलको शिक्षक नायकमा झविन्द्र पाण्डे र सह शिक्षक नायकमा कमला गुरुङ्लाई चयन गरेको छ । विद्यालयका कार्यकारी प्रधानाध्पयापक गोपाल गाहा मगर सरक्षंक रहेको उक्त समितिको सल्लाहकारहरुमा प्राइमरी प्रमुख डोमा लामा र शिक्षक विनोद रखाली मगरलाई चयन गरेको छ ।

यस विद्यालयमा विगतको वर्षदेखि क्रियाशिल वाल क्लव तर्फ अमृता मसराङ्गी मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश दिना थापा मगर, डेविड थापा मगर, अनिश सोमै मगर, अमृता भट्टराई रहेका छन् । सदस्यहरुमा नयन थापा मगर, सिर्जना भट्टराई, सितल थापा मगर, सविना थापा मगर, लगाएत रहेका छन् । समितीको शिक्षक नायकमा विनोद रखाली मगर र सह शिक्षक नायकमा पुर्णकला पाण्डेलाई चयन गरेको छ ।

विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्दै आएको वाल क्लवले शैक्षिक सत्र २०७१ मा पनि विभिन्न शैक्षिक, सृजनात्मक कार्यक्रमहरु सन्चालन गर्ने वाल क्लवले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %