पाल्पा र नवलपरासीमा चट्याङ्ग लागेर पांच जनाको मृत्यु

Read Time:1 Minute, 26 Second

देब पचभैया

पाल्पा , १२ जेठ – पाल्पा र नवलपरासीमा हिजो सांझ परेको चट्याङ्ग लागेर पांच जनाको ज्यान गएको छ । पाल्पाको कचल १ मा परेको चट्टयाङ लागेर २ जनाको मृत्यु भएको हो ।

चत्याङ्गबाट कचल १ की २७ बर्षीया भुमि कुमारि लम्तरी र २० बर्षीया कुमारी लम्तरी मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । घरमा बसिरहेको बेला चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।

 सदरमुकाम तानसेन देखि बिकट र हिजो देखि आज दिउसो सम्मनै पाल्पामा लाईन नहुदा ढिलो गरी समाचार प्राप्त भएको प्रहरीले बताएको छ ।

त्यस्तै नवलपरासीको सन्डामा चट्याङ पर्दा तीन जना भारतिय महिलाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । उनीहरु इटा भट्टामा कम गर्ने मजदुर हुन् । हावा हुरीसँगै इटा भट्टामा परेको चट्याङ लागेर भारत उत्तर प्रदेशका कल्पना मन्सुरी, रुक्साना र चमाना मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवरपरासीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %