देब पचभैया
पाल्पा, जेठ १२ – आदिबासी जनजाति उत्थान गाउ समन्वय समिति ठिमुरे पाल्पाको आयोजनामा दुई दिने नेतृत्व शिप तालिम आईतबार सम्पन्न भएको छ ।
तालिममा आदिबासी जनजातिहरुको राज्यमा पहुच, अब बन्ने संबिधानमा आदिबासी जनजातिहरुको अधिकार लगाएतका बिषयमा मानकाजी पाटा मगरले सहजीकरण गरेका थिए । ठिमुरे गाबिसको सहयोगमा भएको तालिममा गाबिस भरका ३५५ जनाको सहभागीता थियो ।
ठिमुरे गाउ समन्वय समितिका अध्यक्ष नरबहादुर बुचाको अध्यक्षतामा भएको तालिममा गाबिस सचिब खिम बहादुर सारु मगर, स्थानिय ढाल बहादुर उचै, नेपाली काग्रेसका प्रतिनिध हरी अर्गाली, भास्कर निमाबिका सिक्षिका मोती सुर्यबंशी, उपस्वास्थ्य चौकीका प्रमुख राधिका छहरी मगर , सागर लामीछाने , दलबहादुर बगाले, नरबहादुर बगाले लगाएतले बोलेका थिए ।
