देब पचभैया
पाल्पा, जेठ ११ – मुख्यसचिब लिलामणी पौडेलले बुद्धिपुर्याएर मात्रै काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
स्थानिय निकायमा जनप्रतिनिध नहुनु र कर्मचारीले कार्यालयमा संहालेको बेला भ्रष्टाचारको कुरा आउनु दुखद भएको उनको भनाईछ । नेपाल टेलिकमले गाउमा बस्तार गरेको ल्याण्डलाईन टेलिफोन र स्थानिय महिलाहरुले निर्माण गरेको भवनको पाल्पा बराङ्गदीमा आज उद्घाटन गर्दे मुख्य सचिब पौडेलले अहिले आफुले काम नगर्ने तर अरुको मात्रै कुरा काट्ने क्रम बढेको भन्दै त्याग, समर्पण र मिहिनेत गरेर काम गरे सबैको भलो हुने बताए ।
अन्य सरकारी कार्यालयले सरकार बाट अनुदान लिदै कार्यालय चलाइरहेको बेला टेलिकमले भने सरकारीलाई अर्बो रुपिया राजश्व तिर्न सफल भएको भन्दै उनले सेवाको गुणस्तर बढाउन निर्देशन दिए । गुणस्तरमा ख्याल गरेन भने अन्यकार्यालयको जस्तोहालत हुने भन्दै उनले तत्काल योजना बनाएर सेवालाई प्रभाबकारी बनाउन आग्रह गरे । बजेट छैन भनेर हुदैन, उनले भने जनताको मन जित्न गुणस्तरलाई ख्याल गर्नुपर्छ । आफ्नो काम योजना बाढ्ने नभएपनि सरकारी संयन्त्रमा भनसुन गरेर जनताको काम गरेको जानकारी दिदै उहाले राम्राकामको लागी सहयोग गर्न आफु सधै तयार रहेको बताए ।
बिकास आउदा सबैले सहयोग गर्नुपर्नेमा अहिले स्थानियको सहयोग नभएको पौडेलको गुनासो छ । पाच हजार पर्ने जग्गालाई ५० हजार भन्दिने, कर्मचारीलाई असहयोग गर्ने लगाएतका समस्या भैरहेकोले यसको अन्त्य हुनुपर्नेमा जोड दिए ।
