कोईला खानीमा मजदुरको ज्यान गयो

Read Time:1 Minute, 38 Second

देब पचभैय

पाल्पा, जेठ ६- पाल्पाको झडेवा–४ दान्सिगा कोइला खन्ने सुरुङ्मा पुरिएर एक मजदुरको सोमबार मृत्यु भएको छ । उदयपुरको आँपटार–१, का ४० वर्षिय कर्णबहादुर राईको सय मिटरको सुरुङ्मा ढिस्को खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । १२ जनाले संगै काम गर्दै गरेको भएपनि राई भित्र रहेको र माथिबाट खसेको ढिस्कोले पुरेको स्थानीयले बताएका छन् । पाल्पा कोल प्रालिले झडेवाको १, ६, ४, ५ नम्बर वडाबाट कोइला निकालेर बाहिर निकासी गर्दै आएको छ । खानी विभागको स्वीकृतिमा पाल्पा जिल्ला भित्र झडेवा र देवीनगर गाविसका तीस भन्दा बढी स्थानमा कोइला खानीबाट कच्चा पदार्थ निकालिदै आएको छ ।

यस भेगबाट दैनिक दुई सय बढी ट्रक कोइलाको कच्चा पदार्थ रुपन्देही तथा भारतका विभिन्न स्थानमा निकासी हुँदै आएको स्थानीयले बताएका छन् । देवीनगरका स्थानीय बासिन्दाले कोइला निकासी गर्न छ महिनादेखि रोक लगाएपनि झडेवाका दर्जनौ स्थानबाट भने कोइला ट्रककाट्रक निकासी हुँदै आएको स्थानीय बासिन्दा गजेन्द्र पन्थीको भनाइ छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %