भुपुहरुले मनाए पल्टनको स्थापना दिबस

Read Time:1 Minute, 21 Second

देब पचभैया

पाल्पा, जेठ ९ – भारतीय सेनाबाट अबकास पाएका भुपुसेनाहरुले १/५ गोरखाराईफल, एफ,एफको १ सय ५६ औ जन्म जयन्ती पाल्पाको तानसेनमा पनि मनाएका छन् ।

 बसपार्क स्थित माछापुच्छ्रे गेष्ट हाउसमा बिहिबार भएको कार्यक्रममा पल्टनको ईतिहास र नेपालीहरुले खेलेको भुमिकाको बारेमा चर्चा गरिएको थियो ।

श्री बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको भेलाले उहाकै अध्यक्षतामा भुपुहरुको समिति गठन गरेको  छ । उपाध्यक्षमा जुद्ध बिर थापा, कोषाध्यक्ष बिरबहादुर बुचा, सचिब जहर सिंह सारु, सदस्यहरु चेतबहादुर अर्गाली, कमल बहादुर राना, चेत बहादुर गाहा, दिल बहादुर राना, धनबहादुर थापा, हस्तबहादुर गाहा र भुपाल बहादुर थापा रहेको कोषाध्यक्ष बिरबहादुर बुचाले जानकारी दिए ।

समितिले भुपुहरुको एकतामा जोड दिदै उनीहरुको बर्तमान अबस्था लगाएतका बारेमा अध्ययन गर्ने बताईएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %