भर्ना अभियानको खर्च कहा गयो, शिक्षाकै कर्मचारीलाई जानकारी छैन

Read Time:3 Minute, 45 Second

देब पचभैया

पाल्पा, जेठ ८ – विद्यार्थी भर्ना अभियानको लागी हरेक बर्ष केन्द्रबाट जिल्लामा आउने २५ हजार  रुपियाको दुरुपयोग हुने गरेको आसंका गरिएको छ । खर्चको रेकर्ड नभएकोले पनि रकम दुरुपयोग भएको अनुमान गरिएको हो । नयाँ शैक्षिक सत्रसँगै विधार्थी स्वागत तथा विद्यालय भर्ना अभियान सुरु हुन्छ । शिक्षा विभागले भर्ना अभियान संचालन गर्न प्रत्येक जिल्ला शिक्षालाई २५ हजार बजेट पठाउँदै आएको छ । तर पाल्पामा भने निशुल्क रुपमा अभियान सम्पन्न भैरहेका छन् । तीन वर्षयता भर्ना अभियानलाई आएको रकम दुरुपयोग भएको शिक्षाकै कर्मचारीहरुले बताएका छन् । अभियानमा गरीव, दलित, पिछडिएका, विद्यालय छाडेका र सीमान्तकृत बालबालिका पहिचान गरी विधालयमा ल्याउन सो रकम खर्च गर्नुपर्छ । पाल्पामा बोटे माझी, दलित, विपन्न र कुमाल समुदायका बालबालिका अझै विद्यालय बाहिर छन् ।

 पाल्पामा रहेका १८ स्रोत केन्द्रका प्रमुख हरुले भर्ना अभियानको लागी पैसा नआएको बताएका छन् । उनीहरुले  वैठक बसेर घरदैलो अभियान, विद्यार्थी स्वागत जस्ता कार्यक्रम स्वःस्फूर्त संचालन गरेको जानकारी दिएका छन् ।

तीन वर्ष अघिसम्म स्रोत केन्द्रलाई बैठक खर्च र अभियानका लागि एक हजार शिक्षा कार्यालयले पठाउने गरेको थियो । पछिल्लो तीन वर्ष यता अभियान चलाउन स्रोत केन्द्रले रकम नपाएको अर्गली स्रोत केन्द्र प्रमुख पदमप्रसाद न्यौपानेले जानकारी दिनुभयो । शिक्षा कार्यालयमा कुन कार्यक्रममा कति खर्च हुन्छ भन्ने जानकारी लिन निकै समस्या छ । शाखा अधिकृत रेशमलाल न्यौपानेका अनुसार तीन वर्षअघि सम्म पारदर्शी ढंगले भर्ना अभियानको रकम खर्च भएपनि केही वर्षदेखि कति रकम कुन कार्यक्रममा खर्च भयो भन्ने थाहा नभएको बताएका छन् ।

भर्ना अभियान हरेक वर्षको वैशाखभर चल्छ । वैशाख १४ सम्म नियमित भर्ना र १५ गतेपछि घरदैलो कार्यक्रम संचालन हुंदै आएको छ । भर्ना अभियानको रकमबाट स्रोत व्यक्तिको वैठक खाजा खर्च र स्थानीय पत्रिकालाई सूचना दिइएको बताईएको छ । यस्तै, फ्ल्याक्स ब्यानर बनाएको शिक्षाले बताएपनि कही कतै त्यस्ता व्यानर देखिएका छैनन् । पत्रिकामा निकालेको विज्ञापन सूचना शिर्षकको ५० हजार बजेटबाट खर्च गरिएको शिक्षास्रोतले बताएको छ । 

शिक्षाका कार्यक्रम अधिकृत लोकनाथ आचार्यले अभियानको लागि आएको बजेटले फाराम छापेर स्रोत व्यक्तिलाई पठाएको बताउनुभयो । उहाले फ्ल्याक्स व्यानर बनाउन, पत्रिकालाई सूचना दिन सोही बजेट खर्च भएको जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %