ढुङ्गा, गिट्टी र मिष्कट अबैध निकासी

Read Time:2 Minute, 52 Second

गोविन्द घर्ति

रुपन्देहीको देवदह क्षेत्रका खोला तथा चुरेको फेदीबाट अवैध रुपमा ढुङ्गा, गिट्टी र मिष्कट निकासी गर्ने कार्य बढेको छ । नवलपरासी संग सिमा जोडिएको कचरार, घोडाहा खोला तथा चुरे पहाडको फेदीबाट ट्रयाक्टरहरुको प्रयोग गरी अवैध रुपमा निकासी भईरहेको स्थानीयवासीले बताएका छन् । विशेष गरी रातीको समयमा अवैध रुपमा निकासी भईरहेको र प्रहरी प्रशासन भने मौन बसेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । राज्यले खोला जन्य पदार्थको निर्यातमा रोक लगाए पनि प्रहरी प्रशासनको सहयोगमा त्यस्ता अवान्छित कार्य भईरहेको देवदह नगरपालिका–८ निवासी अविनास शर्माले बताएका छन् । समाजिक कार्य तथा विकास निर्माणका कार्यमा ढुङ्गा, मिष्कट ढुवानी गर्दा अवरोध सृजना गर्ने प्रहरी प्रशासनले व्यापारीक प्रयोजनको लागि निकासी गर्नेहरु सग भने रकम सम्झौता गर्ने गरेको स्थानीयवासीको आरोप रहेको छ ।

अवैध रुपमा हुने खोला जन्य पदार्थको निकासीले देवदह भएर बग्ने खोलाको सतह गहिरिदै गएको तथा चुरे क्षेत्रका जमिनहरु पनि कमजोर बन्दै गएको छ । यसैवीच अवैध रुपमा भईरहेको ढुङ्गा, गिट्टी निकासी कार्यप्रति नदी नियन्त्रण तथा व्यवस्थापन समिति देवदहले ध्यानकषर्ण भएको जनाएको छ । राज्यले निर्धारण गरेको मापदण्डलाई वेवास्ता गर्दै भएको निकासी पैठारीले देवदहको भौगोलिक अवस्थालाई कमजोर बनाएको भन्दै त्यसलाई तत्काल रोक्न पहल गर्न सरोकारवालाहरु संग माग गरिएको छ । समितिका अध्यक्ष त्रिलोचन दाहाल र सचिव दामोदर क्षेत्री द्धारा हस्ताक्षरीत विज्ञप्तीमा सुरक्षा निकायले आर्थिक चलखेलको आधारमा अवैध कार्यलाई प्रोत्साहन गरेको हुन सक्ने भन्दै त्यस्ता कार्यलाई रोक्न स्थानीयवासी, राजनैतिक दल र सरोकारवालाहरु संग माग गरिएको छ । विज्ञप्तीमा स्थानीय विकास निर्माणका कामको लागी भने आपसी सहमतिमा निकासी दिनको लागि समेत अनुरोध गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %