देब पचभैया
पाल्पा, जेठ ७ – जिल्ला प्रहरी कार्यालय पाल्पाले आज देखि नागरिक सहायता कक्षाको संचालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको गेट नजिकै स्थापना गरिएको नागरिक सहायता कक्षामा परामर्सकक्ष समेत निर्माण गरिएको छ । नागरिक सहायता कक्षको संचालन बाटा नागरिक र प्रहरी बिचको खाडललाई नजिक बनाउनु सहयोग पुग्ने प्रहरी नायक उपरिक्षक शिब कुमार श्रेष्ठले जानकारी दिए । जनमुखि प्रहरी सेवा प्रदान गर्नको लागी यसले फाईदा पुग्ने श्रेष्ठले बिश्वास लिएका छन् ।
यसैबिच जिल्ला प्रहरी कार्यालय पाल्पाले मुस्कान सहितको प्रहरी सेवाको लागी आज देखि अनुशिक्षण तालिमको शुरुवाट गरेको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले तालिमको उद्घाटन गरेका थिए ।
