डाक्टरको घरबाट २५ तोला सुन, हिरा र पैसा चोरियो

Read Time:56 Second

देब पचभैया

पाल्पा, जेठ ६ – युनाईटेड मिशन अस्पताल तानसेन पाल्पामा कार्यरत डाक्टर सभना शर्माको घरबाट २५ तोला सुन, २४ पत्थर भएको हिरा, दुई सय डलर पैसा र नेपाली चार हजार रुपिया चोरी भएको छ ।

तानसेन ३ अमरजंगमा भएको डाक्टर शर्माको घरबाट चोरी भएको प्रहरीले बताएको छ ।

आफु काठमाण्डौमा रहेको बेला घरमा चोरी भएको र चोरीमा संलग्न रहेको आरोपमा पिडित पक्षबाट किटानी जाहेर प्रहरीमा आएकाले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ  । बैशाख २५ गते चोरी भएको शर्माले पछि थाहा पाएर मात्रै प्रहरीमा उजुरी दिएको बताईएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %