देब पचभैया
पाल्पा, जेठ ६ – पाल्पाका स्वर्गिय लोक गायक मान बहादुर सारुको परिवालाई लोक तथा दोहोरी गित प्रतिस्थान नेपालले आर्थिक सहयोग गरेको छ ।
पाल्पामा आज आयोजित एक कार्यक्रममा सारुका श्रीमती लिला देबी सारुलाई प्रतिस्थानका अध्यक्ष चन्द्र शर्मा, पुर्ब अध्यक्ष दुर्गा रायमाझी लगाएतको समुहले कलाकार कल्याणकारी कोष बाट नगद १५ हजार रुपिया सहयोग गरेको हो । पाल्पाको झडेवा देउगिर निबासी ४० बर्षिय मान बहादुरको गत असोजको पहिलो हप्ता लडेर ज्यान गएको थियो । लोक दोहोरी गित प्रतिस्ठान पाल्पाका पुर्ब उपाध्यक्ष एबं आजिवन सदस्य रहेका शारुले गाउका प्रतिभालाई माथि उठाउन निकै राम्रो भुमिका खेलेको दुर्गा रायमाझीले बताए । प्रतिस्ठान बाट प्राप्त पैसा ७ कक्षामा पढ्ने छोरा हिमाल सारुको पढाईमा खर्च गर्ने सारुका श्रीमती लिलादेबीले बताए ।
यसै बिच प्रस्तोता समाज नेपालको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपालको सहयोगमा मंगलबार तानसेनमा प्रतिलिपी अधिकारको बारेमा एक दिने गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा प्रतिलिपि अधिकार र एैनको बारेका रजिष्ट्रार बिष्णु प्रसाद केसीले जानकारी दिएका थिए ।
