नवलपरासी र तनहूमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ

Read Time:1 Minute, 22 Second

देब पचभैया

नवलपरासीको तम्सरिया १ चोरमारामा आज विहान भएको सवारी दुर्घटनामा स्थानीय २ बर्षीय बालक कृष्ण थनेतको निधन भएको हो ।

 समान बाकेर चोरमाराबाट झ्यालबास जांदै गरेको लु १ च २४४५ नम्बरको महेन्द्रा जिपको ठक्करबाट बालकको घटना स्थलमै मृत्यु भएको हो । बालकले सडक पार गर्ने क्रममा जिपले बालकलाई ठक्कर दिएको थियो । जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

त्यसैगरी तनहूको दुलेकौडा ३ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय तनहूका प्रहरी जवान अर्जुन अधिकारीका अनुसार पोखराबाट दमौलीतर्फ जांदै गरेको ना ४ ख ९५०७ नम्बरको बसको ढोकाबाट खस्दा कास्की जिल्लाको रुपाकोट २ निवासी ३५ बर्षीय निरबहादुर थापाको मृत्यु भएको हो ।

गएराति बसको ढोकाबाट खसी गम्भीर घाइते भएका थापाको आज विहान न्यूरो अस्पताल काठमाडौं बासवारीमा उपचारको क्रममा निधन भएको हो ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %