नेबिसंघ पाल्पाको विबाद मिल्यो

Read Time:1 Minute, 24 Second

देब पचभैया

पाल्पा, जेठ ४ – ३ बर्ष देखि बल्झिएको नेबिसंघ पाल्पाको बिबाद आज देखि सुल्झिएको छ ।

नेबिसंघका केन्द्रिय सदस्य  बद्री मुडवारीको अध्यक्षतामा आज भएको छलफल पछि बिदुर घिमिरे सभापति र सुरेस बोहोरालाई सचिबमा चयन गर्दै बिबाद मिलेको हो ।

गएको २०५९ साल माघ ६ गते भएको जिल्ला अधिबेशनमा देउबा र सस्थापन पक्षका बिधार्थी बिच नेतृत्व हडप्ने बिषयमा बिबाद भएपछि केन्द्रिय प्रतिनिधि जमुना ढकालले बिदुर घिमिरे सभापति भएको भन्दै नाम टासेर हिडेका थिए । केन्द्रिय प्रतिनिध ढकालको निर्णय अमान्य भएको भन्दै नेपाली काग्रेस पाल्पाले कृष्ण आलेको नाम केन्द्रमा सिफारिस गरेको थियो । घिमिरे देउबा पक्षका हुन् ।

आजको छलफलमा काग्रेस जिल्ला सभापति बिर बहादुर राना, सचिब अजयमान कर्माचार्य, सहसचिब बलबहादुृर राना, जिल्लाका ३ वटै क्षेत्रका सभापतिहरु लगाएतको सहभागीता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %