देश बिकासकोलागि बुद्ध मार्ग

Read Time:3 Minute, 23 Second

गेविन्द घर्ती
रुपन्देही वैशाख ३१, प्रधानमन्त्री सुशील कोईरालाले लामो समय सम्म भएको द्धन्द र हिंशाको कारण मुलुक वर्षोै पछाडि परेको भन्दै मुलुकले अब द्धन्द र हिंशाको वातावरण थेग्न नसक्ने बताएका छन् । २५५८ औं वुद्ध जयन्ती एवं लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले दिगो शान्ति, स्थायीत्व, लोकतन्त्र र संविधान दिएर मुलुकलाई सहि बाटोमा हिडाउनु अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएका थिए । प्रधानमन्त्री कोईरालाले नेपालमा मात्र नभई विश्वमै बुद्धका सन्देशहरुको खांचो रहेको औंल्याउदै बुद्धका शान्ति, अहिंशा र सत्यका सन्देशहरु बुद्ध भुमिबाटनै फैलाउनुपर्ने कुरामा बिषेश जोड दिएका थिए । प्रधानमन्त्री कोइरालाले लुम्बिनीको विकासको लागि सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै लुम्बिनीका अधुरा गुरुयोजना पुरा गर्नको लागि सरकार प्रतिवद्ध रहेको अवगत गराए । लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृतीमन्त्री भीम प्रसाद आचार्यले काट-मार, हत्या कुट-पिट तथा झैझगडा मात्र हिंशा नभई कसैमाथी सामाजिक, राजनीतिक, आथिर्क शोषण गर्नु पनि हिंशा भएको बताए । पूर्वसंस्कृती मन्त्री दीपकुमार उपाध्यायले ३५ वर्ष अघि बनेको लुम्बिनी गुरुयोजनाको काम हालसम्म पनि पुरा हुन नसक्नु आफैमा दुःखद भएको बताउदै लुम्बिनीको महत्वलाई बुझेर लुिम्बनी विकासका अधुरा योजनालाई पुरा गर्नेतर्फ लाग्न सरकारलाई आग्रह गरेका थिए । कार्यक्रममा लुम्बिनी विकासकोषका उपाध्यक्ष आचार्य कर्मा स्याङबोले एकले अर्कोलाई ढुङगा र गोली हानीरहेको बेला बुद्धका सन्देशहरुको अहिले झनै आवश्यकता रहेको कुरा अोैल्याएका थिए । मुख्यसचिव लिलामणी पौडेलले शिक्षामा भन्दा हतियार र हिंशामा धेरै लगानी हुंदा विकासका कामहरु पछाडी परेको भन्दै अब शान्तीको माध्यमबाट नै विकासका कामहरु अगाडि बढाउनुपर्ने बताए । नेपालका लागि चिनीया राजदुत उ चुन ताईले चिनीया सरकार लुम्बिनीको विकासको लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताएका थिए । लुम्बिनी विकासकोषका सदस्य सचिव अतिजमान तामाङको संचालन तथा कोषाध्यक्ष ओम अर्यालको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %