गोबिन्द घर्ती-देवदह
बैषाख २७, देवदह गाविसले आर्थिक बर्ष २०७०/०७१ का योजनाहरुको स्थलगत अनुगमन गरेको छ । गाविसको परिषदले विनियोजन गरेको बजेट प्रयोग गरी विकास निर्माण गरेका कामहरुको स्थलगत अनुगमन गरेको हो । अनुगमन समिति, गाविस कर्मचारी, सञ्चारकर्मी लगायतको टोलीले स्थलगत अनुगमन गरेको देवदह गाविसले जनाएको छ । योजना अनुगमनको क्रममा सम्वन्धीत उपभोक्ताहरु संग अन्तर्कृया समेत गरिएको गाविस सचिव टेकराज भट्टराईले बताएका थिए । मुढावास, चरङ्गे, केउली, भलुही, बुद्धनगर, सरनटाडी, विशालनगर, साठीवारी, वंगाली लगायतका स्थानहरुको स्थलगत अअनुगमन गरेको सचिव भट्टराईले कोषाध्यक्ष अर्यालले बताएका थिए । अनुगमनको क्रममा सानो बजेट भएकोले काम सम्पन्न गर्न ढिलो हुने गरेको उपभोक्ताहरुले गुनासो गरेका थिए ।
