देब पचभैया
नवलपरासी ३ जेष्ठ – नवलपरासीको मुन्दपुर ९ हर्खपुरमा आज विहान ९ बजेतिर भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार ना ५ ख ६०, २२ नम्बरको ट्रले विपरित दिशाबाटआईरहेको ना ४ प ४४०८ नम्बरको ठक्कर मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक देउराली ६ झ्यालबास बस्ने ४१ वर्षका कमल गाहा मगरको मृत्यु भएको हो । घाईतेको नाम ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ ।
कागें्रस जिल्ला कमिटि कोषाध्क्ष्ँ आलेको मृत्यु
देब पचभैया
नवलपरासी , ३ – नवलपरासिको पिठौलि लोकाहा ओरालोमा हिजो बेलुकी मोटरसाईकल दुर्घटना हुला नेपालि कागें्रस नवलपरासी जिल्ला कमिटिका कोषाध्यक्ष चन्द्र बहादुर आलेको घटनास्थलमै मृत्य भएकोछ । ना. ११ प ५३ ९३ नम्बरको मोटरसाईकलमा सवार आलेलाई पहिचान नभएको सवारी साधनले ठक्कर दिदा डाडाझेरि गाविस निवासी आलेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मोटरसाईकलको पछाडि सवार दानबहादुर आले घाईते हुनुभएको छ । उहाको नवलपुर अस्पताल दलदलेमा सामानय उपचारपछि भरतपुर रिफर गरेको प्रहरीले बताएको छ । ठक्कर दिने सवारीको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।
