मुलुकले अब द्धन्द र हिंशाको वातावरण थेग्न नसक्ने : प्र म कोईराला

Read Time:3 Minute, 18 Second

गेविन्द घर्ति , रुपन्देही

वैशाख ३१ – प्रधानमन्त्री सुशील कोईरालाले मुलुकले अब द्धन्द र हिंशाको वातावरण थेग्न नसक्ने बताएका छन् ।

लामो समय सम्म भएको द्धन्द र हिंशाको कारण मुलुक वर्रषाै पछाडि परेको भन्दै अब त्यस्तो वातावरण्ँ थेग्न नसक्ने बताएको हो । २५५८ औं वुद्ध जयन्ती एवं लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले दिगो शान्ति, स्थायीत्व, लोकतन्त्र र संविधान दिएर मुलुकलाई सहि बाटोमा हिडाउनु अहिलेको प्रमुख जिम्मेवारी रहेको बताए ।  नेपालमा मात्र नभई विश्वमै बुद्धका सन्देशहरुको खाँचो रहेको औंल्याउदै बुद्धका शान्ति, अहिंशा र सत्यका सन्देशहरु बुद्ध भुमिबाटनै फैलाउनुपर्ने बताए ।

प्रधानमन्त्री कोइरालाले लुम्बिनीको विकासको लागि सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै लुम्बिनीका अधुरा गुरुयोजना पुरा गर्नको लागि सरकार प्रतिवद्ध रहेको बताए । लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृतीमन्त्री भीम प्रसाद आचार्यले काटमार, हत्या कुटपिट तथा झैझगडा मात्र हिंशा नभई कसैमाथी सामाजिक, राजनीतिक, आथिर्क शोषण गर्नु पनि हिंशा भएको बताए।

पूर्वसंस्कृती मन्त्री दीपकुमार उपाध्यायले ३५ वर्ष अघि बनेको लुम्बिनी गुरुयोजनाको काम हालसम्म पनि पुरा हुन नसक्नु आफैमा दुखद भएको बताउदै लुम्बिनीको महत्वलाई बुझेर लुम्बिनी विकासका अधुरा योजनालाई पुरा गर्नेतर्फ लाग्न सरकारलाई आग्रह गरे । कार्यक्रममा लुम्बिनी विकासकोषका उपाध्यक्ष आचार्य कर्मा स्याङबोले एकले अर्कोलाई ढुङगा र गोली हानीरहेको बेला बुद्धका सन्देशहरुको अहिले झनै आवश्यकता रहेको बताए ।

मुख्यसचिव लिलामणी पौडेलले शिक्षामा भन्दा हतियार र हिंशामा धेरै लगानी हुंदा विकासका कामहरु पछाडी परेको भन्दै अब शान्तीको माध्यमबाट नै विकासका कामहरु अगाडि बढाउनुपर्ने बताए । नेपालका लागि चिनीया राजदुत उ चुन ताईले चिनीया सरकार लुम्बिनीको विकासको लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताएका थिए । लुम्बिनी विकासकोषका सदस्य सचिव अतिजमान तामाङको संचालन तथा कोषाध्यक्ष ओम अर्यालको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %