गोबिन्द घर्ती
वैशाख ३१ – अव बन्न संविधान संसारको उत्कृष्ट हुने क्षेत्र नं १ रुपन्देहीका सभासद अव्दुल रज्जाकले बताएका छन्।
उनले नेपाल बुद्ध जन्मेको शान्ति भूमि, सवै भन्दा अग्लो हिमाल सगरमाथा र प्राकृतिक सौन्र्दयले भरिपूर्ण देशको रुपमा चिन्ने गरेको बताए । नेपाली काग्रेस रुपन्देहीका सभापति समेत रहेका सभासद रज्जाकले समस्याहरु समाधान गर्न नेपालीहरु आफै सक्षम भएको बताए । उनले भगवान गौतम बुद्धको मावली स्थल देवदहमा रहेका पुरातात्विक स्थलहरुको उत्खनन् गरेर संसारको लागि पर्यटकीय स्थल बनाउन आफु लागि पर्ने बताए।
वुद्धमावली सामुदायिक वन उपभोक्ता समिति देवदह–केरवानी द्धारा आयाजित २५५८ औ वुद्धजयन्ती समाहरोमा बोल्दै उक्त कुरा बताएको हो । कार्यक्रममा देवदह गाविसका सचिव टेकराज भट्टराईले स्थानीय रुपमा प्राप्त साधन र श्रोत स्थानीयवासीले संरक्षण र सदुपयोग गर्नु पर्नेमा जोड दिए। देवदह क्षेत्रको प्रवद्र्धन गरी विश्वभरका पर्यटकहरुलाई देवदह भित्रयाएर आर्थिक उन्नती गर्न सकिने् बताए ।
वुद्धमावली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गोविन्द क्षेत्रिको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रिय सचिव बासुदेव रिमाल, नेकपा–माओवादीका अवैध राज्य समिति सदस्य नमरजा पुरी, नेकपा एमाले क्षेत्रिय सचिव प्रकाश अर्याल, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, छन्दवादी समाज नेपालका केन्द्रिय अध्यक्ष ऋषिकेशव भारदवाज, वुद्धमावली सामुदायिक वन उपभोक्ता समुहका संस्थापक अध्यक्ष एकनारायण पौडेल, सांस्कृतिक कार्यक्रम संयोजक टेक बहादुर थापा, हरीयाली सामुदायिक वनका अध्यक्ष केवी थापा, एकल नृत्यका निर्णायक संयोजक लोकेन्द्र शाह लगायतले आ–आफ्ना भनाई राखेका थिए ।
वुद्धमावली सामुदायिक वन उपभोक्ता समुहका सचिव विष्णु माया घिमिरेको स्वागत र सिता शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा खेलकुद तथा सांस्कृतिक कार्यक्रमका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
