मुलुकमा नेताहरूले गर्दा देशमा संक्रमणकालिन अवस्था लम्वियो : तुलाधर

Read Time:2 Minute, 58 Second

गोबिन्द घर्ति

बैषाख ३१ – शान्ति प्रक्रियापछि धेरै उपलव्धी हासिल गरेको भएपनि राजनैतिक दलका नेताहरुले प्रतिवद्धता अनुसार काम नगरेकाले तोकिएको समयमा संविधान बन्न नसकेको मानव अधिकारकर्मी पदमरत्न तुलाधारले बताए ।

दलका नेताहरुले सम्झौतामा हस्ताक्षर गर्ने तर कार्यान्यन नगर्ने गरेका कारण मुलुकमा संक्रमणकालिन अवस्था लम्विएको तुलाधरले बताए । शान्ति प्रक्रियाका मध्यस्यता कर्ता समेत रहेका तुलाधरले स्थानीय स्तरमा उठाइएका मुद्दाहरुलाई सुनुवाई गर्दै चुनौतीहरुलाई स्वीकार गर्दै अगाडि बढ्न सकिएमा मुलुकको शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्याउन सकिनेमा जोड दिए । जनताको आशा शान्तिका लागि मात्र नभएर न्याय तथा समानता सहीतको शान्ति जनताले खोजेको भन्दै उहाले आन्दोलनको उपलव्धीलाई संस्थागत गर्न स्थानीय स्तरबाट राजनैतिक नेतृत्वलाई दवाव दिनु पर्ने बताए ।

ईम्मोड नेपालको आयोजनामा रुपन्देहीको भैरहवामा भएको शान्ति र संविधानः चुनौती र अवसर विषयक अन्र्तक्रिया कार्यक्रममा नेकपा एमालेका अञ्चल सचिव खिमलाल भट्टराई, नेपाली काग्रेस महासमिति सदस्य रामचन्द्र ढकाल, कोषाध्यक्ष दिपक न्यौपाने, शान्ति समिति रुपन्देहीका अध्यक्ष सञ्जय रौनियार, नेकपा माओवादी अवध राज्य समिति सदस्य वन्धु चन्द, देवदह आर्दश बहुमुखी क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, रुपन्देही व्यापार संघका श्रीकृष्ण पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद यम राना, अधिवक्ता नरसिंह चौधरी, महिला अधिकारमर्की रिमा विसी, वावुलाल यादव, गोविन्द रेग्मी, बैजनाथ शाहनी, सरिता श्रीस लगायतले बोल्दै राजनैतिक उपलव्धीलाई संरक्षण गर्दै समृद्ध नेपाल निर्माण गर्न सवै जनताहरु एक भएर लाग्नु पर्ने बताएका थिए ।

ईम्मोड नेपालका अध्यक्ष विष्णु पन्थीको अध्यक्षता र लुम्विनी टिभीका निर्देशक सिद्धिचरण भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %