दिल प्रसाद थापा
बुटवलमा बढ्दै गरेको गर्मी र लोडसेडिङ्गको समस्याले गर्दा खानेपानी निकाल्ने मोटर चल्न नपाउदा खानेपानीको हाहाकार मच्चिएको छ ।
नेपाल खानेपानी सस्थान बुटवल शाखाले खानेपानी अभाव भएको ठाउमा यसरी नै दिनको ११-१२ ट्याङकर पानी वितरण गरेको ट्याङकर चालक श्याम बा सिलवालले बताए । समय समयमा खानेपानीको विषयमा विवाद भइरहदा बुटवलवासीले खाने पानीको हाहाकारको सास्ती खेप्नु परेको छ ।
बुटवल नगर पालिका देशकै नमुना नगर पालिका भइरहेको सन्दर्भमा यहाका बासिन्दा भने पानी लिन दुई घण्टा लगाएर पानी पिउन पर्ने बाध्यता रहेका छ । दिपनगर स्थित श्री दुर्गा टोल निवासी स्थानिय सरिता थापाका अनुसार उनको घरको घारामा पानी नआएको चार महिना भएको गुनासो गरे ।
सस्थानले वितरण गरेको जम्मा दुई बाल्टीन पानीले अन्य घरायसी काम गर्न धौ धौ परेको स्थानियवासी गंगा थापाले दुखेसो सुनाए ।
