भैरब आङ्ला

धरान , गाविसहरु मिलाएर नगरपालिका वन्नेक्रम संगै पुर्वको सुनसरी जिल्लाको पाचकन्य गाविसलाई धरान नगरपालिकामा गाभिएको छ । धरान नगरपालिका देखि पुर्वमा रहेको पाचकन्य गाविस अव धरान नगरपालिका भएको छ ।
लामो समय देखि भएको पहलका आधारमा नेपाल सरकारले पाचकन्या गाविसलाई धरान नगर पालिकामा गाभेको हो । पाचकन्या गाविस धरान नगर पालिकामा गाभिने बित्तीकै धरानमा अब २३ वटा वडा भएको नगरपालिका भएको छ । पाचकन्या गाविसमा रहेको ८ र ९ नं.वडा अब धरानको २० नं. वडा त्यसै गरि ४, ६, ७ वडा नं. २१, पाचकन्या ५ नं. वडा नं. २२ र वडा नं. १,२,३ लाई धरानको वडा नं. २३ मा परिणत गरिएको छ ।
पाचकन्या गाविस धरानमा गाभिए पछि धरान नगरपालिका उपमहानगरपालिका बन्नका लागि ढोका खुलेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सह सचिव दिनेश थपलियाले एक हप्ताभित्र नगरपालिकाको दायरमा ल्याएर सम्पुर्ण कामहरु कार्यकारी अधिकृतवाट सन्चालन हुने बताएका छन् ।
