शिव लाल थापा
काठमान्ठु, बैषाक ३१ – यहि २०७१ वैशाख २५ गते राष्ट्रिय जनमुक्ति पार्टि र संघिय समाजवादि पार्टिबिच शिंहदरवार, काठमाडौँमा संयुक्त बैठक बस्यो ।
राजमुपाको तर्फबाट उपाध्यक्ष शिव लाल थापा, सचेतक खिलधोज थापा, स्थायि समिति सदस्य बुद्घश्री लामा र सभासद सिमा कुमारी बि. क. को उपस्थीति रहेको थियो । त्यसरी नै ससपाको तर्फबाट अध्यक्ष असोक राई, उपाध्यक्ष रणधोज कन्धवा र महासचिव राजेन्द श्रेष्ठ रहेका थिए।
दुवै पक्षको सहमतिमा पार्टि एकिकरणको आधारपत्र तयार गर्ने विषयमा छलफल भयो । उक्त आधारपत्र तयार गरि वैशाख ३० गते हुने दई दलको बैठकमा फाइनल गरि आ-आफ्नो केन्द्रिय समितिको बैठकमा लैजाने सहमति भयो । यही २०७१ जेठ ५,६,७ गते बुटवलमा हुने राष्ट्रिय जनमुक्ति पार्टिको १३ औँ बैठकमा सो आधारपत्र पेश गर्ने भएको छ । केन्द्रिय बैठकले नितिगत विषयहरु पास भएपछि दुई पार्टि बिच एकिकरण हुनेछ । मुलुकको वर्तमान परिस्थिति र जनचाहना अनुसार एकिकरणको प्रक्रियालाई दुवै पार्टिका शिर्ष नेताहरुले अत्यन्त सकरात्मक र संवेदनशिल रुपमा लिएको छ ।
(शिव लाल थापा राजमुपाको सभासद हुन)
