देविका घर्ती मगर
सवारीकोट,वैशाख २७ – दाँङ जिल्लाकै मुख्य सांस्कृतिक, प्राकृतिक, धार्मिक, ऐतिहासिक पर्यटकिय स्थल सवारीकोट पर्यटकिय विकासका निमित्त प्रशस्त सम्भावना बोकेको क्षेत्र हो । तर, त्यसक्षेत्रको पर्यटकिय विकासका निमित्त पुर्वाधारहरु निर्माण गर्न नसक्दा सवारीकोटको पर्यटकिय विकास धिमा गतिमा अगाडी बढीरहेको छ ।

सवारीकोटलाई प्रमुख पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना भएपनि त्यसक्षेत्रको विकासमा खानेपानीको अभाव र बिजुलीको अभाव अहिले बाधकको रुपमा रहेका छन् । दाङ जिल्ला उपत्याको दृश्यावलोकन, प्याराग्लाईडिङ, मनकामना गोरखनाथ मन्दीरको दर्शन, हिमालको दृश्यावलोकन, पाटेश्वरी देवी र माईकाथानको दर्शन, ऐतिहासिक जसपुरकोटको भ्रमण, लोपोन्मुख भोटे भोटेनी नाचसहित नागा नगिनी र लाखे नाच, मारुनी, मामै नाच लगायतका थुर्पै पर्यटकिय सम्भावना बोकेको सवारीकोटमा खानेपानीको अभाव, बिजुली बत्तिको ब्यवस्था नहुनु तथा बाटोको राम्रो ब्यवस्था नहुँदा प्रयाप्त मात्रामा विकास हुन सकेको छैन ।
सवारीकोटको विकासमा सबै क्षेत्रको चासो भएपनि सबैभन्दा पहिले खानेपानीको ब्यवस्था, बिजुलीको ब्यवस्था र बाटोको ब्यवस्था गर्न जरुरी भएको नमुना मगर ग्राम सवारीकोटका अध्यक्ष कृष्णबहादुर बुढामगरले जानकारी दिए । यहाँ खानेपानी, बिजुली छैन, बाटोको राम्रो ब्यवस्था छैन कसरी पर्यटन प्रबद्र्धन गर्ने ? नमुना मगर ग्रामका सचिव बमबहादुर बुढामगरले बताए । सवारीकोटको पर्यटकिय विकासका निमित्त गुरुयोजना समेत तयार भैसकेपनि गुरुयोजनाअनुसार बजेट नआउँदा विकास कार्य कछुवाको गतिमा अगाडी बढेको मगर ग्रामका अध्यक्ष कृष्णबहादुरले बताए ।
मगर संस्कृति प्रवद्र्धन उत्सव
यसैबिच पर्यटकिय स्थल सवारीकोटमा मगर संस्कृति प्रवद्र्धन उत्सव–२०७१ शनिवार सवारीकोटमा सम्पन्न गरिएको छ । ९९ प्रतिशत मगर समुदायको बसोवास रहेको सवारीकोटमा मगर संस्कृतिको सँरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यले मगर उत्सवको आयोजना गरिएको हो । मगर ग्राम तथा पर्यटन प्रवद्र्धन युवा समूह सवारीकोट र सचेतनाका लागि जानकारी समूह लक्ष्मीपुर गाविसको आयोजनामा उत्सवको आयोजना गरिएको थियो । जानकारी समूहका अध्यक्ष युवराज आचार्यको अध्यक्षता तथा जिल्ला विकास समिति दाङ पर्यटन समितिका सदस्य सचिव डा. गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
‘हाम्रो गौरव सवारीकोट नमुनाग्रामको सेवा, पर्यटन विकास र संस्कृति सँरक्षणमा पुग्दैछ टेवा’ भन्ने नाराका साथ आयोजना गरिएको उत्सवमा सवारीकोटमा प्रचलित मामै नृत्य, लाखे, भोटेभोटेनी नृत्य, सोरठी नृत्य लगायतका स्थानिय सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष मधुसुदन बैद्यको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँगे्रस दाङका सचिव कमलकिशोर घिमिरे, एमाओवादी दाङका सदस्य लुमबहादुर कार्की, नमुना मगर ग्राम सवारीकोटका अध्यक्ष कृष्णबहादुर बुढामगर, अम्बिकेश्वरी ट्रिप्पर ब्यवसायि समितिका अध्यक्ष गिरीराज सुवेदी, नेपाल पत्रकार महासंघ दाङका सदस्य निमुसँगम घर्तीलगायतले बोलेका थिए ।

मगर ग्रामका सचिव बमबहादुर बुढामगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा मगर ग्रामका समन्वयकर्ता भोला अधिकारीले सवारीकोट र मगर उत्सवको बारेमा जानकारी दिएका थिए । कार्यक्रमको सहजिकरण जानकारी समूहका सचिव युवराज अधिकारीले गरेका थिए । मगर उत्सव सम्पन्न गर्न सवारीकोट नमुना मगर ग्राम, लक्ष्मीपुर गाविस, युवा सञ्जालले समन्वय, स्थानिय युवा साझेदारी कार्यक्रम, जिल्ला विकास समिति दाङले प्रवद्र्धन सहयोग र सिद्धरत्ननाथ मठ चौघेरा, घोराही सिमेन्ट ईण्डिष्ट्रिज प्रा.ली., दाङ निर्माण ब्यवसायि संघ, दाङ जिल्ला उद्योग बाणिज्य संघ, स्वर्गद्धारी टिप्पर ब्यवसायि समिति दाङ, ईट्टा उद्योग ब्यवसायि समिति दाङ र काष्ठ उद्योग ब्यवसायि समिति दाङले मुख्य सहयोग गरेका थिए ।
