स्व. मनोज राना मगर स्मृति प्रतिष्ठान गठन सम्पन्न

Read Time:3 Minute, 9 Second

विनोद रखाली मगर

स्याङ्जा ,२७  वैशाख २०७० – चैत्र १ गते वुटवल कालिका नगरमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका स्व. मनोज राना मगरको सम्झनामा उनका वावु मुक्तिश्वर राना मगरको पहलमा स्व. मनोज राना मगर स्मृति प्रतिष्ठान स्थापना गरी सार्वजनिक गरिएको छ ।

सार्वजनिक कार्यक्रममा प्रमृुख अतिथिको आसनमार्फत वोल्दै राष्ट्रिय जनमुक्ति पार्टि स्याङ्जा जिल्ला अध्यक्ष पदमवहादुर गाहा मगरले प्रतिस्ठान गठन गरेको सकरात्मक कार्य भएको वताउदै उदेश्य पुरा गर्ने कार्यमा प्रतिष्ठान तात्तु पर्नेमा जोड दिए । उनले सस्थां स्थापना गर्नु प्रमुख कुरा नभई निरन्तरता हुनु महत्वपुर्ण रहेको भनाई व्यक्त गरे ।

सार्वजनिक सुनुवाई कार्यक्रममा इन्जिनियर कुमार राना मगर , स्वतन्त्र पत्रकार संघका केन्द्रिय सदस्य टिकाराम अधिकारी , लक्ष्मी टेलिभिजनका कार्यक्रम प्रमुख विनोद रखाली मगर , गल्याङ् भु.पू.सैनिक सेकेण्डरी स्कुलका अध्यक्ष चन्द्र वहादुुर रखालि मगर , भानुभक्त आचार्य उमाविका अध्यक्ष कृष्ण मोहन भुसाल , समाजसेवि एवम् युवा उद्यमी दुर्गा वहादुर थापा मगर , समाजसेवि चन्द्रवहादुर लामिछाने मगर लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

सस्थांका कोषाध्यक्ष रामवहादुर थापा मगरले हाल सम्मको झण्डै ३ लाख वरावरको आर्थिक आयव्यय प्रस्तुत गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा मात्र झण्डै ५० हजार रुपैया सङ्कलन भएको उनको भनाई छ । समितिमा रहने विभिन्न पदाधिकारीहरु मार्फत सङ्लग्न रकम, दुर्घटना विमा मार्फत प्राप्त रकमको अक्षय कोष खडा गरी गरिव जेहेन्दार वालवालिकाहरुको अध्ययन खर्चमा छात्रवृति स्वरुप प्रदान गरीने प्रतिष्ठानका सचिव छविलाल भुषाललेबताए । गल्याङ् क्षेत्रमा प्राविधिक शिक्षालय तथा पुस्तकालय र इ लाइव्रेरीको व्यवस्था गर्ने कार्यमा अगाडि वढ्ने भुसालको भनाई छ ।

प्रतिष्ठानका सदस्य विनोद राना मगरको स्वागत सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन छविलाल भुषालले र अध्यक्षता स्व. मनोज राना मगरको वुवा तथा प्रतिष्ठानका अध्यक्ष मुक्तिश्वर राना मगरले. गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %