बुद्धमावलीमा २५५८ औं बुद्धजयन्ती सम्पन्न

Read Time:3 Minute, 18 Second

गोबिन्द घर्ती

बुटवल , बैषाख २५ – देवदहको पहिचानलाई विश्व सामु लैजान एकिृकत योजनाको खाचो रहेको देवदह–६, विशालनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले देवदह क्षेत्रको ऐतिहासिकलाई उजागर गर्न स्थानीयवासी नै जागरुक हुनु पर्नेमा जोड दिएका थिए । २५५८ औं बुद्धजयन्ती तथा लुम्विनी दिवसको अवसरमा बुद्धमावली सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको अन्र्तक्रियामा बोल्दै उनीहरुले उक्त कुरा बताएका हुन । उनीहरुले देवदहमा रहेका पुरातात्तिव स्थलहरु भवानीपुर, पाकडीबृक्ष, वैरीमाई, कन्यामाई, खयरडाडा, मायादेवी पार्क लगायतको सम्वद्र्धन र विकासका लागि डिपिआर निर्माण गरेर अगाडि बढ्न जरुरी भएको औल्याएका थिए । देवदह क्षेत्रको नाममा कुनै एक व्यक्ति विशेष र संस्थाले मात्र जस लिन खोज्नु समग्र देवदह विकासकै लागि घाटक भएको बताउदै उनीहरुले सवै सरोकारवालाहरु एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

लुम्विनी विकास कोष र राज्यले देवदहलाई उपेक्षा गरेको भन्दै कार्यक्रमका वक्ताहरुले एकतावद्ध अभियान संचालन गर्न सकिएमा राज्यलाई पनि दवाव दिन सकिने भएकाले सवै देवदहवासी एकभएर लाग्नु पर्नेमा जोड दिएका थिए । बुद्धमावली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गोविन्द क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस रुपन्देहीका जिल्ला सचिव हिराबहादुर खत्री, नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य धु्रवप्रसाद खरेल, एमाओवादी रुपन्देहीका जिल्ला सदस्य कृष्ण ढकाल, नेपाली काग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल, कोलिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश अर्याल, धर्मोदय सभा देवदहका अध्यक्ष अमृतलाल शाक्य, नेकपा एमाले देवदह अध्यक्षका पदम थापा, रापपा नेपालका ऋषिराम रेग्मी, देवदह डेभलोपमेन्ट सोसाईटीका अध्यक्ष भिम गुरुङ्ग, देवदह साप्ताहिकका त्रिलोचन दाहाल, मित्र थापा, एक नारायण पौडेल, चन्द्र बहादुर राना, चेतबहादुर दर्लामी, विश्वराज खनाल, राजु थापा लगायतले बोलेका थिए ।

समुहका सचिव विष्णु घिमिरेको संचालनमा भएको कार्यक्रममा यम रानाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %