गोविन्द घर्ति
देवदह बैषाख १८ – बुद्ध धर्मको पञ्चशिललाई पालन गर्ने हो भने शान्ति स्थापना गर्न सकिने रुपन्देहीको देवदह–५, शितलनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उनीहरुले पर्यटकीय क्षेत्र देवदहलाई परिचय र विकास गर्न राज्य संगै स्थानीयको दायित्व महत्वपुर्ण हुनेमा जोड दिएका थिए । देवदह बौद्ध सेवा समितिको आम भेलामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
देवदह बौद्ध सेवा समितिका अध्यक्ष दल बहादुर पाईजाको अध्यक्षतामा भएको भेलामा नेपाल मगर संघ देवदहका अध्यक्ष लाल बहादुर दर्लामी, तमु छोंज धी देवदहका अध्यक्ष सुरेन्द्र गुरुङ्ग, नेवाः पुच देवदहका अध्यक्ष राजकुमार श्रेष्ठ, आदिवासी जनजाति महासंघ देवदहका उपाध्यक्ष विद्यालक्ष्मी गुरुङ्ग, पत्रकारहरु भिमप्रसाद गुरुङ्ग र गोविन्द घर्ति, मगर संघका सल्लाहकार पदम थापा, डम्वर बहादुर थापा, कोष बहादुर गुरुङ्ग लगायतले बोल्दै सम्पूर्ण बौद्ध धर्मालम्वीहरु एक जुट हुनु पर्नेमा जोड दिएका थिए ।
भेलाले २५५८ औं बुद्धजयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको छ । त्यसैगरी भेलाले दलबहादुर पाईजाको संयोजकत्वमा १३ सदस्यीय देवदह बौद्ध सेवा समितिको अधिवेशन सम्पन्न गर्न कार्यसमिति चयन गरेको छ । जसको सहसंयोजकमा डम्वर बहादुर थापा, सचिवमा टौ बहादुर गुरुङ्ग रहेका छन् ।
अन्य सदस्यहरुमा विद्यालक्ष्मी गुरुङ्ग, पदम थापा, ज्ञानसरी गुरुङ्ग, श्याम थापा, कोषबहादुर गुरुङ्ग, भरत गुरुङ्ग, शोभा थापा, भिम गुरुङ्ग, गोविन्द घर्ति तथा एकल जातीय संस्थाका अध्यक्षहरु पदेन सदस्य रहनु भएको छ । २५५८ औ को वारेमा धर्मोदय सभासंग समन्वय गर्न दल बहादुर पाईजाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरुमा डम्वर बहादुर थापा, पदम थापा, भिम गुरुङ्ग, टौ बहादुर गुरुङ्ग रहेका छन् ।
टौ बहादुर गुरुङ्गको संचालनमा भएको भेलाले गुम्वा विहारको जग्गा संरक्षण गर्न उपसमिति समेत गठन गरेको छ ।
