महिलाको अगुवाईमा मोटरबाटो खनियो

Read Time:1 Minute, 11 Second

देब पचभैया

पाल्पा, बैशाख १७ – पाल्पा जिल्लाको कुसुमखोला–४, नयाँटोलाका महिलाको अगुवाईमा मोटरबाटो खनिएको छ । चेतनशिल महिला समुहको अगुवाईमा अर्चलघाट देखि नयाँटोला ताल सम्म झण्डै ४ किलोमिटर मोटरबाटो महिलाहरूको  अगुवाईमा खनिएको हो ।

महिला समुहको  दुई लाख बढी लगानीमा मोटरबाटो खनिएको हो । गाउँमा  गाडी पुर्याउन उनीहरूले  समुहमा पैसा संकलन गरेका थिए । गाउँमा मोटरबाटो पुगेपछि स्थानीयहरु खुसी बनेका छन् । कुसुमखोला गाविस–४ का महिलाहरूको सक्रियाका कारण गाउँमा मोटर पुगेको उपभोक्ता समितिकी अध्यक्ष गोमा पचभैयाले बताए । मोटर पुगेपछि गाउँमा उत्पादित सुन्तला, अदुवा, तरकारी लगायतका बस्तुहरूलाई डुम्रे हुदै बुटबल पुर्याउन नजिक भएको  स्थानीय सम्वर विश्वकर्माले जानकारी दिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %