राष्ट्रिय जनमुक्ति पार्टीको जिल्ला भेला हुने

Read Time:3 Minute, 0 Second

कमल चौधरी

बुटवल – राष्ट्रिय जनमुक्ति पार्टीको जिल्ला भेला बैशाख २० र २१ गते हुने भएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको नियमित बैठकले जिल्ला भेला हुने निर्णय गरेको हो । पार्टीका उपाध्यक्ष मधु रानाको अध्यक्षता, संघीय परिषद् वैकल्पीक सदस्य तथा जिल्ला इन्र्चाज कृष्ण नेपालीको प्रमुख आतिथ्यता रहेको बैठकमा २० गते पुष्पलाल पार्कबाट ब्यानर, झण्डा र प्ले कार्डको साथ बुटवल–१३ योगीकुटीको हाटबजारमा भव्यताका साथ जिल्ला भेला गर्ने सांस्कृतिक कार्यक्रम संयोजक बहुजातीय सांस्कृतिक मोर्चाका जिल्ला संयोजक ज्ञानबहादुर थापाले जनकारी दिए ।

साथै उद्घाटन राष्ट्रिय जनमुक्ति पार्टीका वरिष्ठ नेता डी.के.‘बुद्धिष्ट’को प्रमुख आतिथ्यता रहने कार्यक्रम २१ गते बन्द शत्र बुटवल १० अमर भवनमा हुने भएको छ ।

जिल्ला भेलालाई सफल पार्नको निम्ति आर्थिक संकलन संयोजक जिल्ला कोषाध्यक्ष रन बहादुर बुढाथोकी, खाना व्यवस्थापन संयोजक राष्ट्रिय भूतपूर्व सैनिक संगठन जिल्ला अधयक्ष नर सिंह काउचा, अतिथि सत्कार संयोजक राष्ट्रिय महिला मोर्चाका जिल्ला अध्यक्ष धनी आले, सांस्कृतिक कार्यक्रम संयोजक बहुजातीय सांस्कृतिक मोर्चाका जिल्ला संयोजक ज्ञानबहादुर थापा त्यसैगरी स्वयंसेवक परिचालन संयोजक यूवा मोर्चाका जिल्ला अध्यक्ष दलबहादुर थापालाई जिम्मा दिएको छ ।

साथै पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्ग गत ५ गते पत्थरडाँडा नजिक मोटर साइकल दुर्घटनामा परी घाइते भएका थिए । उनको सामन्य उपचार पश्चत अफ्नै निवासमा विश्रम गरिरहेका अध्यक्षलार्ई शिघ्र स्वास्थ्य लाभको कामना जिल्ला समिति तथा सल्लाहकार, क्षेत्रीय समिति, नगर तथा गाउँ समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुले गरेका थिए ।

बैठक जिल्ला उपसचिव ज्ञानबहादुर थापाको स्वागत, जिल्ला सचिव भैरवबहादुर थापाको संचलनमा बैठक सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %