सिमा र प्रशंन्सा लाई ३-३ वटा काश्य पदक

Read Time:2 Minute, 1 Second

देब पचभैया

पाल्पा, बैशाख १४ – सातौं एशियन आई. टि. एफ तेक्वान्दो प्रतियोगितामा  नेपाल बाट सहभागी भई यस पाल्पा आई. टि. एफ. तेक्वान्दो संघका जिल्ला सदस्य सिमा थापा सारु र प्रशंन्सा रेग्मी ले एशियन प्रतियोगितामा पाल्पामा पहिलो पटक ३-३ वटा काश्य पदकहरु प्राप्त गर्न सफलभएका छन् । सिमा सारुले ५८ केजी मुनी तौलमा १ काश्य, ग्रुप प्याटन र ग्रुप स्पाईरीङ्ग पनि १-१ काश्य जित्न सफल भए । त्यस्तै प्रशंन्सा रेग्मी ले जुनियर ४५ केजी मुनी तौलमा १ काश्य, ग्रुप प्याटन र ग्रुप स्पाईरीङ्गमा  पनि १-१ काश्य जित्न सफल भए ।

नेपालको लागि १ मात्र स्वर्ण निश्मा बस्याललें हात पारे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको स्पाइरिङतर्फ १६ वर्षमुनि पहिलोदेखि तेश्रो डानतर्फ महिलाको ४० केजीमुनि निश्माले फाइनलमा ताजकिस्तानकी निशोना फइजेभालाई पाखा लगाउदै इतिहास रचन सफल भएको हो ।

डिपिआर कोरिया सातौं एसियाली तेक्वान्दो (आईटीएफ) च्याम्पियनसिपको सिनियरमा टिम च्याम्पियन बनेको छ भने नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) द्वारा आयोजित प्रतियोगिताको जुनियरमा २६ स्वर्णसहित ताजाकिस्तान पहिला बनेको छ।

सो प्रतियोगितामा २० वटा देशहरु सहभागीता रहेको थियो।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %