देब पचभैया
गुल्मी, बैशाख १३ गते – जिल्लाको दास्रो व्यापारिक केन्द्र वामीटक्सार बजारमा शनिबारदेखि प्रत्येक हाट बजार सञ्चालन हुने भएको छ ।
स्थानीय महिला कृषि सहकारी संस्था, वामी उद्योग वाणिज्य सघं र वामीटक्सार युवा क्लवको सयुंक्त पहलमा हाट बजार सञ्चालन हुन लागेको हो । प्रत्येक शनिबार लागु हुने गरी वामी गाउँ विकास समिति वडा नं १ पल्टार स्थित नमुना हाटबजार स्थलमा हाट बजार सञ्चालन हुने सहकारीकी अध्यक्ष दिलकुमारी मल्लले जानकारी दिए । हाट बजारमा सहयोग गर्न र आफुसंग उत्पादित कृषि उपजहरु, विभिन्न प्रकारका बिउ, विरुवा र विभिन्न सामग्रीहरु हाट बजारमा ल्याई बिक्री वितरण गर्न र यस कार्यलाई सफल बनाउन समेत वामी उद्योग वाणिज्य सघंले अनुरोध गरेको छ ।
शनिबार बजार बन्द गरेर हाट बजार सञ्चालन हुने भएपछि स्थानीयहरु हर्षित बनेका छन् । धेरै वर्ष पहिले यस ठाउंमा हाट बजार लाग्ने गरेता पनि विगत केही वर्षदेखि त्यसले निरन्तरता पाउन नसकेको जानकारहरु बताउछन् ।
