देब पचभैया
पाल्पा, बैशाख १२ – महान्याधिबक्ता बाबुराम कुवरले स्वच्छ मनले बदनियत नराखीकम काम गर्न प्रहरी , सरकारी वकिल र न्यायाधिसहरुलाई आग्रह गरेका छन् ।
दुधको दुध पानीको पानी जस्तै न्याय दिनुपर्नेमा जोड दिदै कुवरले गर्नुपर्ने काम समयमै नगर्नेहो भनेपनि त्यसको मजा नहुने. बताए ।
प्रहरी, सरकारी वकिल र न्यायाधिसहरु बिचमा तानमेल नभए बिधिको सासन र कानुनी राज नहुने भन्दै यिनिहरु बिचको आपसी सम्बन्ध राम्रो हुनुपर्नेमा जोड दिए ।
आज बाट पाल्पाको तानसेनमा शुरु भएको दुई दिने सरकारी वकीलहरुको क्षेत्रिय बार्षिक कार्यसमिति तथा अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दे महान्याधिबक्ता कुवरले न्यायको कुरा गर्दा सरकारी वकिलहरु राज्यको तर्फ बाट न्याय र कानुनका लागी लड्ने योद्धाहरु भएकाले अझ बढी सक्षम हुनुपर्नेमा जोड दिए।
कानुन र प्रमाणलाई लत्याएर ब्यक्तिबिशेषको चाहानाले काम गरे समग्र समाजलाई प्रभाब पार्ने उनको ठहर छ ।
अहिले काननु हुँदा पनि कानुन नटेर्ने अबस्था आएकोले पटके अपराधीहरु बढेको र त्यसमा राजनतिक देखि बिभिन्न किशिमका हस्तक्षेपहरु भैरहेको उनको भनाई छ । सरकारी वकिल र प्रहरीलाई टेलिफोन बाट मुद्धा नचलाउन बिभिन्न्न स्थानबाट टेलिफोन आउने भन्दै उनले निश्पक्ष भएर कानुनको आधार लिएर काम गर्न प्रहरी र सरकारी वकिलहरुलाई आग्रह गरे ।
महान्याधिबक्ताको कार्यालय काठमाण्डौको आयोजनामा तानसेनको होटल श्रीनगरमा शनिबार सम्म चल्ने कार्यक्रममा कानुन र काम गर्दा आउने बिभिन्न समस्याका बारेमा छलफल हुने बताईएको छ ।
उद्घाटन सत्रमा बार ईकाई पाल्पाका अध्यक्ष जोगबहादुर बिक, प्रमुख जिल्ला अधिकारी शिबराज जोसी, प्रहरी नायब महानिरिक्षक बमबहादुर भण्डारी, जिल्ला न्यायाधिस बाबुराम खरेल, सहमहान्याधिबक्ता बद्री प्रसाद गौतम लगाएतले बोलेका थिए ।
