देब पचभैया
पाल्पा, वैशाख ११ – नेपाल मगर संघ, पाल्पाको भोलि हुने १२ औं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।
पहिचान सहितको संघीयता सुनिश्चित भएको नयाँ संविधानका लागि १२ औं जिल्ला अधिवेशन भन्ने नाराका साथ हुन लागेको अधिवेशनको उद्घाटन भुमि सुधार तथा व्यवस्थापन मन्त्री दल बहादुर राना मगरले गर्ने आयोजक मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहा मगरले जानकारी दिए ।
अधिवेशनमा सभासद तथा संघका उपाध्यक्ष तुल्सा राना, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष झक बहादुर थापा मगर, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा, उपाध्यक्ष बसन्त घर्ती मगर, केन्द्रिय सदस्यहरु मोहन थापा र गम बहादुर थापा , संघका क्षेत्रिय उपाध्यक्ष बालसिं काउछा मगर, अञ्चल संयोजक मीना थापा लगायतको सहभागिता रहने संघका जिल्ला अध्यक्ष बल बहादुर गाहाले बताए ।
यो अधिवेशन सम्पन्न गर्नको लागि मुल आयोजक समिति, आर्थिक संकलन समिति, सांस्कृतिक समिति, प्रचार प्रसार समिति तथा व्यवस्थापन समिति गठन भएको सहसचिव हरि बहादुर सारुले बताए । उद्घाटन समारोह पुर्व झाँकि सहित र्यालीले नगर परिक्रमा गरिने आयोजकले बताएका छन् ।
