तमुवान प्रादेशिकमा फरेन्द्र थापामगर

Read Time:1 Minute, 18 Second

हुम तमु

पोखरा, ८ बैशाख – संघीय समाजवादी पार्टी नेपालको भातृ संगठन अग्रगामी विद्यार्थी युनियनको पोखरामा सम्पन्न प्रथम तमुवान प्रादेशिक सम्मेलनले केन्द्रीय सदस्य फरेन्द्र थापामगरको संयोजकत्वमा २३ सदस्यीय तमुवान प्रादेसिक समिती गठन गरेको छ ।

 

समितिको सहसंयोजकमा बिनोद रखाली मगर, सचिवमा बिषम भुजेल, सहसचिबमा केशव सापकोटा, कोषाध्यक्षमा दिपा गुरुङ र सदस्यहरुमा बिशाल गुरुङ, बिशाल राना मगर,शोभा बिश्वकर्मा, शेषकुमार गुरुङ, सुजन कुमार तामाङ, अखिल थापा मगर, साजन गुरुङ,रोशन थापा, हिमाल बिश्वकर्मा, रोजिना पुन मगर, काशी गुरुङ, इश्वरी थापा मगर, र राम थापा लगायत रहेका छन् ।

फरेन्द्र थापामगरको अध्यक्षतामा भएको सम्मेलनको संघीय समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङले आइतवार उद्घाटन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %