बुद्धको मावली कन्यामाईमा उत्खनन्को अवसरमा ईनार फेला

Read Time:2 Minute, 5 Second

गोविन्द घर्ति

देवदह , बैषाख ४ – गौतम बुद्धको मावली स्थल देवदह क्षेत्रको कन्यामाईमा पुनः उत्खनन् शुरु भएको छ ।

लुम्विनी विकास कोष र पुरातत्व विभागको संयुक्त टोलीले गौतम बुद्धको मावली स्थल कन्यामाईमा तेश्रो पटक उत्खनन् शुरु भएको हो । उत्खनन्को अवसरमा ऐतिहासिक ईनार फेला परेको टोली प्रमुख तथा पुरातत्वविद् प्रकाश दर्नालले बताए । बुद्धकालिनमा निर्माण भएको ऐतिहासिक ईनारको उत्खनन् गरीरहेको अर्का पुरातत्वविद हिमाल उत्प्रेतीले बताए ।

गौतम बुद्धको मावली स्थल देवदह एकिन नहुदा सम्म उत्खनन्को कार्य जारी रहने पुरातत्वविद दर्नालले बताए । लुम्विनी, रामग्राम र कपिलवस्तु पहिचान भैईसके पनि देवदह भने पहिचानको प्रयासमा रहेको दर्नाललेबताए । उत्खख्नको काम १० हप्ता सम्म चल्ने अर्का पुरातत्व विद कृष्ण केसीले बताएका छन् । हाल सम्म संवत ११५७ उल्लेख गरिएको शिलालेख कन्यमाईमा भेटिएको हुदा बुद्धको मावली स्थल यसैको आसपासमा हुन सक्ने दर्नालको भनाई रहेको छ ।

देवदह क्षेत्रमा रहेका बैरिमाई, खयरडाडा लगायतका स्थानहरुमा उत्खनन् गर्न वाकी रहेको कारण देवदह क्षेत्र यही नै हो भन्ने एकिन गर्न नसकिएको पुरातत्वविद दर्नालले बताउनु भयो । विगतको उत्खनन्मा बुद्ध संग सम्वन्धीत सामाग्रीहरु मात्र भेटिएकोले यो क्षेत्र बुद्ध संग सम्वन्धीत रहेको पुरातत्व उत्प्रेतीको भनाई रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %