नेपालको मानो खाएर विदेशमा बस्ने कर्मचारीहरु जुनसुकै पदका भए पनि कारबाही :मन्त्री पण्डित

Read Time:1 Minute, 55 Second

गोबिन्द घर्ति

रूपन्देही , ५ बैशाख – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मुलुक बहुराष्ट्रिय कर्मचारीले विगारेको बताएका छन् । मन्त्री पण्डितले नेपाल जेसिजको १७ औं नेशनल काउन्सीलर एकाडेमीको भैरहवामा उद्घाटन गर्दै ‘निजामति कर्मचारीहरु नेपालीले तिरेको करबाट तलब खादै सपना र विपना विदेशमा राखेकाले यो देश पछाडी परेको बताए ।

मन्त्री पण्डितले कर्मचारीहरुले देश र जनतालाई बन्धकी राखेर नेपालको बद्नाम गरेको बताएका थिए । ग्रिनकार्ड लिएका र विदेशको सपना देख्ने कर्मचारीहरु प्रति आक्रोश व्यक्त गर्दै उनले कर्मचारीले जागिर थाल्दा खाएको सपथग्रहण अनुसार काम नगरी पैसाको मात्र पछि लागेको दाबी गरे । जेसीजका सदस्य पनि राष्ट्र र राष्ट्रियता बारे गंम्भी हुनुपर्ने बताउँदै मन्त्री पण्डितले मुलुक प्रति गद्धारी गर्ने जुनसुकै तहका अवसरवादी कर्मचारीलाई कारबाही गरी छाड्ने प्रतिबद्धता ब्यक्त गरे ।

‘सरकारी जागिर खाँदै विदेशका डिभी, पिआर, ग्रिनकार्ड र रासन कार्ड लिएका कर्मचारीहरु राष्ट्रको हितभन्दा व्यक्तिगत स्वार्थ पूरा गर्न लागेको बताउदै मन्त्री पण्डितले नेपालको मानो खाएर विदेशमा बस्ने कर्मचारीहरु जुनसुकै पदका भए पनि कारबाहीका भागीदार हुने बताए ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %