अखिल नेपाल शिक्षक संघको दोश्रो राष्ट्रिय अधिवेसन बुटवलमा सुरु

Read Time:1 Minute, 29 Second

गोबिन्द घर्ति

रुपन्देही , ५ बैशाख – अखिल नेपाल शिक्षक संघको दोश्रो राष्ट्रिय अधिवेसन बुटवलमा सुरु भएको छ ।

तिन दिन सम्म चल्ने अधिवेसनको नेकपा मसालका प्रवक्ता तथा पुर्व सभासद् हरि आचार्यले उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव सन्त बहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम, अनेरास्ववीयु छैठौका केन्द्रिय महासचिव विमल पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न समयमा नेपाल शिक्षक संघलाई योगदान दिएका व्यक्तित्व हरुलाई सम्मान गरिएको थियो । संघका महासचिव चक्रपाँणी पौडेलले अनुसार राष्ट्रिय महाधिवेसनमा शिक्षा पेशालाई मर्यादित, स्थायीत्व र आकषीर्त बनाउन, शिक्षकहरुका हक अधिकार पक्षमा, अस्थायी शिक्षकहरुलाई प्रक्रियागत ढंगबाट स्थायी गर्नुपर्ने लगायतका अन्य थुप्रै विषयमा अधिवेशन केन्द्रित हुने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %