देब पचभैया
नवलपरासी ३ बैषाख – अस्थाई प्रहरी चौकि आरुङ्गखोला ले अबैधरुपमा उत्पादन गरि बिक्रिबितरण कोलागि बजामा ल्याउदै गरेको अवस्थामा करिब २०० लि. घरेलु मदिरा नियन्त्रण गरि नष्ट गरेको छ ।
स्थानिय राजनैतिक दल ,समाजसेबि,र पत्रकारको रोहवरमा सो मदिरा नष्ट गरिएको छ। घरेलु हिंसा लाई नियन्त्रण गर्ने उद्येश्यले ग्रामिण क्षेत्रबाट बिक्रि गर्न ल्याउदै गरेको अवस्थामा प्रहरि साहायक निरिक्षक कान्त बहादुर राना को नेतृत्वमा प्रहरीले नवलपरासी को,मैनाघाट , राकाचुलि, नयाबेलहानि,लगाएतका पहाडी गा.बि.स.हरु बाट उक्तमदिरा नियन्त्रणमा लिएको हो ।
मदिरा नियन्त्रणमा लिने क्रममा मदिरा उत्पादक महिलाहरु भने मदिराको ग्यालिन छाडेर भागेको पनि प्रहरीले जनाएको छ ।
नवलपरासीको पहाडी क्षेत्रका ग्रामिण वस्तीमा अवैध रुपमा खुलेयाम घरेलु मदिराको उत्पादन हुने गरेको छ । प्रभावकारी अनुगमन को अभावमा दैनिकजसो हजारौ लिटरको दरमा मदिरा उत्पादन हुने गरेको छ । घरेलु मदिराको लागि कावासोती, दलदले, रजहर, गैडाकोट, दाउन्ने , चोरमारा, अरुणखोला लगायतका वजारहरु प्रमुख विक्रि केन्द्र हुन ।
