गुल्मीका १५ गाविस पुर्ण खोप गाविस घोषित

Read Time:1 Minute, 30 Second

देब पचभैया

गुल्मी, बैशाख ३ – गुल्मी जिल्लामा अहिलेसम्म १५ वटा गाविस पुर्ण खोप गाविस घोषित भएका छन् ।

जिल्ला खोप समन्वय समितिले एक कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी गराएको हो । त्यस्तै समितिले जिल्लाका ९ वटा गाविसहरुलाई पुर्ण खोप गाविस घोषणाका लागि अनुमति दिएको छ । अनुमति पाएका गाविसहरुमा बडागाउँ, मुसिकोट, हुँगा, शान्तिपुर, इश्मा रजस्थल, ग्वादी, भनभने, सिर्सेनी र पिपलधारा गाविस रहेका छन् । ती गाविसहरुलाई पनि केही दिनभित्रै पुर्ण खोप गाविस घोषणा गरिने जिल्ला खोप सुपरभाईजर श्यामप्रसाद पोखरेलले जानकारी दिए ।

जानकारी दिने कार्यक्रममा बैठकमा सदस्य सचिव डा. सुरेश नेपाल, जिल्ला विकास समितिका प्रशासकीय अधिकृत बाबुराम पल्ली, कार्यक्रम अधिकृत विनोद मरासिनी, गैर सरकारी संस्था महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतको विशेष उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %