परिषदको नयाँ बर्ष चियापान कार्यक्रमको तैयारी अन्तिम चरणमा

Read Time:1 Minute, 50 Second

शुसी पुलामी

युएई १५ अप्रिल २०१४ – नेपाल आदिवासी जनजाति परिषद युएईको आयोजनामा हुन थालेको नयाँवर्ष २०७१को शुभकामना तथा चियापान कार्यक्रमको तैयारी अन्तिम चरणमा रहेको कार्यक्रमका संयोजक एवं परिषदका उपाध्यक्ष भिम घिसिंगले जानाकारी गराएका छन् |

नेपाल आदिवासी जनजाति परिषद युएईले साँस्कृतिक सद्भावलाई विशेष महत्व दिदै आफ्नो स्थापनाकालदेखि प्रत्येक वर्ष विक्रम संवत् नयाँवर्षको उपलक्षमा विविध कार्यक्रमको साथमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आइरहेको छ ।

सदा झैँ यस वर्ष पनि आगामी १८ अप्रिल (वैशाख ५ गते शुक्रवार अपरान्ह ०२ वजे) युएईको राजधानी आबुधाबीको पेप्सीकोलामा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको जानाकारी दिदै  परिषदका वरिष्ठ उपाध्यक्ष दिपराज न्योहांग लिबुले जानकारि दिए । 

उनले भने विक्रम संवत् नयाँवर्ष नेपालका आदिवासी जनजातिहरुको नयाँवर्ष नभएपनि राष्ट्रिय रुपमा मान्यताप्राप्त साल रहेको र मुलुकमा रहने सम्पूर्ण जातजाति,भाषाभाषी,धर्म र सँस्कृतिमा सहिष्णुता एवं सद्भाव रहनु पर्ने र त्यहि सहिष्णुता कायम गर्न पनि परिषदले प्रत्येकवर्ष विक्रम संवत् नयाँवर्षको उपलक्षयमा विविध कार्यक्रम गर्दै मनाउंदै आइरहेको वताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %