नयाँ वर्ष सगैं सुरु भयो भलिवल

Read Time:2 Minute, 41 Second

खेलकुद क्षेत्रको विकाशमा पहल गर्ने सभाषदको जोड  

विनोद रखाली मगर-स्याङ्जा  

गल्याङ् , वैशाख १, नेपाल तारा युवा क्लव, जगत्रदेवि – ८ , तल्लो गल्याङ्को आयोजनामा क्लव स्तरीय भलिवल प्रतियोगिताको उद्धघाटन गरिएको छ ।

प्रतियोगिताको उद्धघाटन गर्दै स्याङ्जा क्षेत्र नं.३ देखि निर्वाचित सभाषद मुक्ति प्रसाद पाठकले स्थानिय खेलकुदले राष्ट्रिय प्रतिभा उत्पादन गर्ने हुँदा मोफसलका खेलाडिहरुको मनोवल वृद्धि गर्न सरकारले विभिन्न अवशरहरु सृजना गर्ने कार्यमा आफुले पहल गर्ने बताए । सविधांन निमार्ण कार्यमा आफुलाई सविधांन सभामा जनताले पेश गरेको उल्लेख गर्दै जनताको सविधांन रोजेको र खोजेको निमार्णमा आफ्नो महत्वपूर्ण भूमिका प्रस्तुत गर्ने उद्धघोष गरे ।

खेलको उद्धघाटन समारोहमा उधोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महेन्द्र श्रेष्ठ, गल्याङ वजार व्यवस्थापन समितिका अध्यक्ष भेमलाल अर्याल, पेलाकोट गाविस का पूर्व अध्यक्ष रामविर गुरुङ् , नेपाल मगर युवा संघ गल्याङ्का अध्यक्ष डोलु थापा मगर , समाजसेवि तथा शिक्षासेवि कोमलनाथ शर्मा लगाएतले बोलेका थिए ।

करिव ३० समुहको उपस्थिती रहने उक्त खेलमा विजेताले नगद रु ४० हजार, उप विजेताले नगद रु. २० हजार , तृतिय समुहले नगद रु.१० हजार , र सान्त्वना समुहले नगद रु.५ हजार लगाएत शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल सयोंजक प्रितम गुरुङ्ले बताए । साथै खेल अवधिभर उत्कृष्ट खेल्ने खेलाडिले नगद रु. ३ हजार प्राप्त गर्नेछन् । विविध सास्ंकृतिक प्रस्तुतिका साथ सम्पन्न हुने उक्त खेल आधिखोला खेल मैदानमा सन्चालन हुनेछ ।

उद्धघाटन समारोहको सन्चालन लक्ष्मण भुषाल र क्लवका अध्यक्ष रुक वहादुर रानाको अध्यक्षता सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %