फेवा महोत्सवमा दर्शक भरिभराउ

Read Time:3 Minute, 11 Second

मनोज घर्तीमगर

पोखरा, ३० चैत – पोखरामा जारी ११ औं फेवा नव वर्ष महोत्सव अन्तर्गत आइतवार सम्पन्न पर्यटक दौड प्रतियोगितामा अष्ट्रेलियाका सिन एल्सन प्रथम भएका छन् । यसैगरी डेनमार्कका रामेज द्वितीय भए । तृतीय स्थान अमेरिकाका इथान भिमोन्टले प्राप्त गरे ।  

यसैगरी महिला तर्फको प्रतिस्पर्धामा अमेरिकाकी मेगन फरेल प्रथम, बेल्जियमकी इमा भर्निमेन द्वितीय र हल्याण्डकी फेट्स्के भ्यान तृतीय भइन् । प्रतियोगितामा कूल दुई सय १९ जनाले भाग लिएको आयोजक पश्चिमाञ्चल होटल संघका महासचिव लक्ष्मण सुवेदीले जानकारी दिए । पोखराको हल्लनचोक स्थित पिस प्लाज होटलबाट सुरु भएको दौड तीन किलोमिटर दक्षिण फिस्टेल गेटमा पुगी टुंगिएको थियो ।

विजयी महिला तथा पुरुष सबैलाई प्रथम तर्फ बुद्ध र यति एयरबाट पोखरा काठमाडौं फ्लाइट टिकट, द्वितीयलाई ३० मिनेटको प्याराग्लाइडिङ सुविधा तथा तृतीयलाई टुरिष्ट एक्सप्रेसबाट पोखरा काठमाडौं टुरिस्ट वस टिकट प्रदान गरिएको प्रतियोगिता संयोजक ज्याक तामाङले जानकारी दिए । विजयीलाई विजी वी क्याफेबाट ककटेल डिनर र क्याराभान स्पाबाट मसाज सुविधा समेत प्रदान गरिने छ । उद्धार टिमको नेतृत्व गोविन्दराज पहारीले गरेका थिए ।  नेपाली नयाँ वर्षका मनाउन पोखरा आएका आन्तरिक पर्यटकले महोत्सव स्थल लेकसाइडका होटलहरु भरिभराउ भएको महोत्सव संयोजक भरतराज पराजुलीलले जानकारी दिए ।

महोत्सव अन्तर्गत आइतबार दोहोरी गीत र सांस्कृति कार्यक्रमसम्पन्न भएका छन् । सोमवार विहान १० वजे कलर रन, दिउसो हेलिकोप्टर सयरको कार्यक्रम र र नाचगानका कार्यक्रम समेत समावेश गरिने महोत्सवका संयोजक भरतराज पराजुलीले जानकारी दिए । कोमल वली, पुरुषोत्तम न्यौपाने, पार्वती जीसी, चोलेन्द्र पौडेल, अमर धिताल लगायतका कलाकारको प्रस्तुती पनि सोमवारका लागि समेटिएका छन् । मेरी बास्सै र माग्ने बुढाको प्रस्तुती पनि आकर्षणको रुपमा समेटिएका छन् । अनुप्रस्थाको समूहले पनि महोत्सवमा प्रस्तुती दिने कार्यक्रम रहेको संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %