बाघको आक्रमण बाट आमा छोरा घाईते , घाईतेले मारे बाघ

Read Time:1 Minute, 14 Second

देब पचभैया पाल्पा 

 

 

चैत्र २८ – बाघको आक्रमणबाट पाल्पाको चाप्पानी ८ एैरमडाडामा आमा छोरा घाईते भएका छन् । आज बिहान साढे सातबजे तिर घरनजिकैको खरबारीमा घास काट्न गएका बेला उनीहरुलाई एक्कासी बाघले आक्रमण गरेको स्थानिय हुम बहादुर चिदिले जानकारी दिए।

बाघको आक्रमणमा ५२ बर्षिया आङ्गकुमारी सारु र उनका १८ बर्षका छोरा लेख बहादुर सारु घाईते भएका हुन् । उनीहरको शरिका बिभिन्न भागमा बाघले चिथोरेको र नङ्ग  गाडेको छ । युनाईटेड मिसन अस्पताल तानसेनमा  उपचार भैरहेको घाईतेको अबस्था सामान्य रहेको  अस्पतालले बताएको छ ।

   

आक्रमण गर्ने बाघलाई  घाईते आमा छोराले हसियाले हानेर मारेको अस्थाई प्रहरी चौकी भुसलडाडाका प्रमुख सई धन बिर थापाले जानकारी दिए । बाघ चार हात लामो छ ।

फोटो : किरण बुढामगरको फेशबुक बाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %