देब पचभैया
पाल्पा, चैत्र २९ – कुमाल भाषा प्रशिक्षक प्रशिक्षण सम्बन्धी ३ दिने तालिम तानसेनमा सम्पन्न भएको छ ।
लोप हुदै गएको कुमालहरुको मातृ भाषा संरक्षण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल कुमाल समाज सुधार समितीका केन्द्रीय महासचिब बाघबीर मुखिया कुमालले कुमालहरुको मातृ भाषा लोप हुने अबस्थामा पुगेकाले कुमाल जातिको पहिचान नै गुम्ने अबस्था आएको बताए । उहाँले भाषा भनेको पहिचान , जातिको चिनारी र राष्ट्रको अमूल्य सम्पति हो भने। आदीबासी जनजातिमा सुचिकृत समिान्तकृत कुमालहरुको भाषा संस्किृती र कलालाई राज्यले संरक्षण गर्न सहयोग गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा कुमाल भाषाका जानकार अन्नत कुमालले मातृ भाषा जोगाउन खोज अनुसन्धान गर्नु पर्ने बताए। कुमाल भाषा पाल्पाको घोरबन्दा ,सिदेश्वर र अर्घाखाचीको खिदिम गाबिसमा मात्रै सिमित भएको पनि बताए। नेपालको करिब ६८ जिल्लामा बसोबास गर्ने कुमालहरुको भाषाको अस्तित्व मेटिदै गएकाले राज्यले संरक्षणमा ध्यान दिनु पर्ने बताए । सञ्चारकर्मी रनबहादुर कुमालले मानिसलाई शिक्षाले शिष्ट्र , सभ्य र क्षमतावान बनाउने भएकाले शिक्षा हासिल गर्न गाँउ, गाँउमा चेतना जगाउनु पर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल कुमाल समाज सुधार समिती पाल्पाका अध्यक्ष जिराबहादुर कुमालले आफ्नो मातृ भाषा जोगाएर राख्नु पर्ने बताउनु भयो । उहाँले राज्यको हेरक क्षेत्रमा पहुचँ नपुग्दा कुमालहरु पछाडि परेको बताउदै गाबिस , जिबिस क्षेत्रका सरकारी निकायबाट क्षमता बिकास तथा अबसर उपलब्ध गराइदिनु पर्ने बताए। तालिम समापन कार्यक्रममा प्रशिक्षक अन्नत कुमाल र नेपाल कुमाल समाज सुधार समिती पाल्पाका सचीब तेज बहादुर कुमालले तालिममा सीकेको भाषा अरुलाई पनि सकिाउन सहभागिहरुलाई आग्रह गरे।
कार्यक्रममा गोपाल कुमाल , सुरेश कुमाल , पुनीसरा कुमाल तेजकुमारी कुमाल लगाएतले आ आफना धारणा राखेका थिए । ३० जना सहभागी भएको तालिममा प्रशिक्षक अन्नत कुमाल र बाघबीर मुखीया कुमालले सहजीकरण गरेका थिए । तालिमका सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रम नेपाल कुमाल समाज सुधार समिती पाल्पाका अध्यक्ष जिरा बहादुर कुमालको अध्यक्षतामा चलेको थियो ।
