८७ युवायुवती पक्राउ

Read Time:2 Minute, 29 Second

भैरब आङ्ला , धरान  

भारतमा रोजगारी दिने प्रलोभनमा लानलागिएका ७८ जना युवायुवतिलाई संखुवासभामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई बिहान सदरमुकाम खादबारीका बिभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा २१ युवती र ५७ युवा छन् । बस रिर्जभ गरेर जान लागेको बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ठूलो संख्यामा युवतीको संख्या भारत तर्फ गैरकानुनी ढंगले लगिदै छ भन्ने सूचनाका आधारमा उनीहरुलाई बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रहरी प्रमुख डिएसपी पवन गिरीले बताए ।

ती युवायुवतीहरुलाइ १६ हजार रुपैयाँ लगानी गरे पछि मासिक ५० हजार रुपैयाँ कमाई हुने भन्दै लोभ देखाएर खोटाङ स्थायी घर भई खाँदबारी नपा–११ मा अस्थायी बसोवास गर्ने ३० बर्षीय सविना राईले भारत लैजाने क्रममा प्रहरीले खाँदबारीबाट पक्राउ गरेको हो । आरोपित राईले नेटवरकीङ पेशामा संलग्न गराई दिनका लागि भारत लाने तयारी गरेको बताएको प्रहरीले जनाएको छ । भारतको कानपुरको कल्याणपुर स्थित जेनेसिस पाथ नेटवरकीङ प्रालिमा काम गर्नका लागि बिगत देखि नेपालीहरु लाने गरेको उनले बताइन । प्रहरीले आरोपित राईलाई कानुनी कारवाही चलाउने बताएको छ ।

प्रहरी प्रमुख डिएसपी पवनकुमार गिरीले भने –जाहेरी नआएकाले के गर्ने भन्नेमा निर्णय भएको छैन तर उनलाई सजाय हुन्छ । प्रहरीले सबैलाई भारतमा काम लगाउन मात्र नभएर घटनाको प्रकृति हेर्दा अन्यत्रै काममा प्रयोग गर्न लगिएको हुन सक्ने भन्दै अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ ।

उनीहरुसँग कुनै पनि कागजात नभएकाले अनुसन्धन शुरु गरिएको प्रहरीको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %