सैनिक आवासीय महाविद्यालय च्याम्पियन
मनोज घर्तीमगर
पोखरा,२७ चैत – कास्की जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला तेक्वान्दो सङ्घको व्यवस्थापनमा सञ्चालित तेक्वान्दो प्रतियोगिता बिहीबार सम्पन्न भयो। तेस्रो वृहत् खेलकुद महोत्सवअन्तर्गत भएको सो प्रतियोगितामा एक स्वर्ण र एक रजतसहित सैनिक आवासीय महाविद्यालय फूलबारी च्याम्पियन बनेको छ। यस्तै एक स्वर्ण तथा दुई कास्यपदक प्राप्त गरेको नेशन इङ्लिस बोर्डिङ स्कुल द्वितीय तथा एक स्वर्ण प्राप्त गरेको फेवा बोर्डिङ स्कुल तृतीय भएको छ। पोखरा क्याम्ब्रिज, बाराही उमावि, राइजिङस्टार र फेवा बोर्डिङले समान एक स्वर्ण प्राप्त गरेको भए पनि गोलाप्रथाको आधारमा फेवा बोर्डिङ भाग्यमानी बनेको हो।
३२ केजीमुनि पुरुषतर्फ शहीद स्मृति तेक्वान्दो स्कुलका पन्नु लोथ प्रथम, यासुदा तेक्वान्दो डोजाङका रिडर्स खाँड द्वितीय तथा अमरसिंह तेक्वान्दो स्कुलका अजय सापकोटा र शुक्रराज बलभद्र तेक्वान्दो स्कुलका मन्दीप विक तृतीय, ३५ केजीमुनि शहीद स्मृति तेक्वान्दो स्कुलका रञ्जित श्रेष्ठ प्रथम, यासुदा तेक्वान्दो डोजाङका जेनिष कार्की द्वितीय तथा कालिका तेक्वान्दो स्कुलका राजु परियार र सगरमाथा तेक्वान्दो डोजाङका अमित उपरकोटी तृतीय, ३६ केजीमुनि शहीदका कपिल विक प्रथम र यासुदा तेक्वान्दो डोजाङका सुभाष कुँवर द्वितीय, ५१ केजीमुनि राइजिङस्टार तेक्वान्दो स्कुलका सुरज माझी प्रथम, जेसिए तेक्वान्दो स्कुलका अस्मित लामा द्वितीय तथा शुक्रराज बलभद्रका सनम परियार र हिमालयन बोर्डिङ स्कुलका सुभाष गुरुङ तृतीय, ३९ केजीमुनि शहीद स्मृतिका कपिल विक प्रथम र यासुदाका सुवास कुँवर द्वितीय भएका छन्।
४८ केजीमुनि बाराही उमाविका विनोद थापामगर प्रथम, गुडसेफर्ड तेक्वान्दो स्कुलका कमल विक द्वितीय तथा नेशनलका अमृत तामाङ र शहीद स्मृतिका सागर सुनार तृतीय, ४५ केजीमुनि पार्दी तेक्वान्दो स्कुलका रमेश अधिकारी प्रथम, सैनिक आवासीय महाविद्यालय तेक्वान्दो स्कुलका शिरिष पोखरेल द्वितीय, ४२ केजीमुनि शहीद स्मृतिका विजय गुरुङ प्रथम र राम तेक्वान्दो स्कुलका सागर सुनार द्वितीय तथा कालिका तेक्वान्दो स्कुलका आशिष बस्ताकोटी र शुक्रराज बलभद्र तेक्वान्दो स्कुलका सन्दीप विक तृतीय, ४५ केजीमुनि रामु खड्का प्रथम र पोखरा तेक्वान्दो डोजाङका विश्वास भण्डारी द्वितीय भएका छन्।
३९ केजीमुनि शहीद स्मृतिका कुसुम गुरुङ प्रथम, बालप्रभातका रञ्जिता श्रेष्ठ द्वितीय तथा कालिका तेक्वान्दो स्कुलका पूजा परियार र शुभकामना तेक्वान्दो डोजाङका अस्मिता बास्तोला तृतीय, ३५ केजीमुनि शहीद स्मृतिका जुना घर्तीमगर प्रथम, गुडसेफर्डका हेमा केसी द्वितीय तथा कालिका तेक्वान्दो स्कुलका भीमा थापा र बाराही तेक्वान्दो स्कुलका लिदिया खवास तृतीय, ३२ केजीमुनि शहीद स्मृतिका सम्झना भुसाल प्रथम, गुडसेफर्डका सुशीला पुन द्वितीय तथा बाराही तेक्वान्दो स्कुलका लोइस खवास तृतीय, ४२ केजीमुनि महिलातर्फ पोखरा क्याम्ब्रिजका ममता लामिछाने प्रथम, शुक्रराज बलभद्रका स्नेहा परियार द्वितीय तथा नेशनका इशारा गुरुङ र शहीद स्मृतिका सुनिता कुमाल तृतीय, ४६ केजीमुनि महिलातर्फ सृजना थापा प्रथम, शहीद स्मृतिका रुक्शना मियाँ द्वितीय तथा कालिका तेक्वादो स्कुलका सम्झना परियार तृतीय, ४४ केजीमुनि सैनिक स्कुलकी सृजना श्रेष्ठ प्रथम भएका छन्। विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख डेमबहादुर बस्नेत, लेखा अधिकृत प्रजापति दाहाल, कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङ, उपाध्यक्ष राजु श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए।
पुरुषतर्फ ४५, ४८ र ५१ तथा महिलातर्फ ४२, ४४ र ४६ केजीमुनिका विजेता तथा उपविजेता खेलाडीलाई चैत २९ गते हुने राष्ट्रपति कप रनिङशिल्डको अवसरमा पुरस्कार प्रदान गरिने तेक्वान्दो सहायक प्रशिक्षक सुनबहादुर लामाले जानकारी दिए। कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य राजन पौडेलले गरेका थिए।
